लाओसविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० जेष्ठ २०७३, सोमबार ०६:२०

khelकाठमाडौँ । मुख्य प्रशिक्षक ग्योतोकु कोजीले लाओससँग मैत्रीपूर्ण खेल खेल्ने २० सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको आज घोषणा गरेका छन्।

यसअघि, प्रारम्भिक चरणमा परेका ३३ खेलाडीमध्येबाट छनोट गरेर आज राष्ट्रिय टोलीको अन्तिम नामावली घोषणा गरिएको हो। करिब छनोट प्रक्रिया पूरा गर्न ती खेलाडीबीच करिब चार दिनको क्षमता परीक्षण गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ।

छनोट भएका खेलाडीमा दुई गोलकिपर, छ डिफेन्डर, आठ मिडफिल्डर र चार फरवार्ड छन्। गोलकिपरमा किरण चेम्जोङ र विकेश कुथू तथा डिफेन्डरमा रवीन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, देवेन्द्र तामाङ, कमल श्रेष्ठ र विराज महर्जन छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१