धाक–धम्की देखाउँदै पैसा माग्ने दुई युवा पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० जेष्ठ २०७३, सोमबार ०६:०८

धाक–धम्की देखाउँदै पैसा माग्ने दुई युवाहरुलाई प्रहरीले पक्राउकाठमाडौं। फरक फरक मोवाईल नम्बर प्रयोग गरेर धाक–धम्की देखाउँदै पैसा माग्ने दुई युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । झापाको शुरुङ्गा स्थायी घर भएर हाल राजधानीको नयाँ बानेश्वर बस्दै आएका ३६ बर्षिय ताराविर वि.क. लाई धक्क्याएर पैसा माग्ने खोटाङका पुष्पराज राई र हस्तराज राईलाई महानगरीय अपराध महाशाखाको टोलीले आईतबार बुद्धनगरबाट पक्राउ गरेको हो ।

खोटाङ फेदिगा वडा नं २ स्थायी घर भएका पुष्पराज र हस्तराज ललितपुरको हरिसीद्धी बस्दै आएका थिए । उनिहरुको साथबाट पाँच थान मोवाईल र पैसठ्ठी हजार नेपाली रुपैयाँ बरामद गरिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१