प्रेम सम्बन्धका कारण तनावमा रणवीरकी ‘दिल्लीवाली गर्लफ्रेन्ड’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० जेष्ठ २०७३, सोमबार ०६:०७

प्रेम सम्बन्धका कारण तनावमा रणवीरकी ‘दिल्लीवाली गर्लफ्रेन्ड’मुम्बई।  रणवीर कपूर फेरि आफ्नो प्रेम सम्बन्धका कारण चर्चामा छन् । कैट्रिना कैफसँग सम्बन्ध तोडिएपछि उनी दिल्लीमा बस्ने भारती मल्होत्रा नामकी एक मोडलसँगको प्रेमका कारण चर्चामा छन् । तर मल्होत्रालाई भने रणवीरसँग नाम जोडिदा समस्या भएको छ । उनले स्पष्टीकरण दिदैँ रणवीरसँग कहिल्यै नभेटेको बताएकी छिन् । उनले भनेकी छिन् :

– मलाई रणवीर मन पर्दैन । म उनको फ्यान समेत होइन ।
– मैले रणवीरलाई कहिल्यै भेटेको छैन् । उनीसँग डेटको कुरा त धेरै पर ।
– तर यि सबै कुराले मलाई तनाव भइरहेको छ ।
– मलाई उनको काम पनि मन पर्दैन । उनी राम्रा अभिनेता हुनसक्लान् , तर मलाई उनको काम मन पर्दैन । म कहिल्यै उनको फ्यान भइँन ।
– मलाई थाहा छैन कसरी मेरो नाम रणवीरसँग जोडियो
– मलाई लागेको थियो कसैले मसँग ठट्टा गर्दैछ । तर अहिले मलाई थाहा भइरहेको छ कि सबैले दिल्लीमा बस्ने रणवीरकी गर्लफ्रेन्ड भनेर मेरो नाम प्रचार गरिरहेका छन् ।
– इन्टरनेटमा समाचार पढेर म स्तब्ध छु । फेसबुकका मेरा तस्विरहरुलाई थुप्रै रिर्पोटरहरुले प्रयोग गरेका छन् ।
– मलाई यो पनि थाहा छैन कि यसको समाधान कसरी गर्ने रु तर अब मलाई यो झमेलाबाट बाहिर निस्किएर दुविधाहरु हल गर्नुछ ।

प्रतिक्रिया