ओठ चम्किलो बनाउने केही उपाय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० जेष्ठ २०७३, सोमबार ०५:४४

ओठपछिल्ला दिनहरूमा तपाईं आफ्नो ओठमा आएको परिवर्तनले चिन्तित त हुनुहुन्छ निश्चय नै आफ्नो गुलाबी ओठ बिस्तारै कालो भएको कसलाई पो मन पर्छ र रु तर, यसबाट घरेलु तरिकाले पनि आफ्नो ओठको कालो हटाएर स्वाभाविक चमक ल्याउन सकिन्छ । नियमित रूपमा स्वस्थ खाना खाँदा, व्यायाम गर्दा र महँगा सामग्री ओठमा लगाउँदा पनि ओठ गुलाबी नभएमा तपाईंले केही सजिलो घरलु उपाय अपनाउन सक्नुहुन्छ । ओठ चम्किलो बनाउने केही उपाय स् कागती यस्तो चिज हो जुन धेरै कुरामा काम लाग्छ । कागतीपानीले पेटसम्बन्धी रोगलाई कम गराउन मद्दत गर्छ भने यसका विभिन्न किसिमको प्याक बनाएर लगाउँदा छालालाई सुन्दर र स्वस्थ बनाउन मद्दत गर्छ । त्यति मात्र नभएर ओठमा कालो दाग छ भने त्यसलाई हटाउनसमेत राम्रो औषधि हुन्छ । त्यसका लागि कागतीलाई निचोरेर ओछ्यानमा जानुअगाडि ओठमा लगाउनुपर्छ । एकदेखि दुई महिनासम्म यो नियमित गर्नुपर्छ । त्यसका साथै एक चिम्टी चिनी ओठमा छर्किनुहोस् र कागतीको टुक्रा ओठमा दल्नुहोस् । यसले तपाईंको ओठको पुराना काम नलाग्ने कोषलाई ताजा र चम्किलो बनाइदिन्छ । कालो ओठलाई गुलाबी बनाउन चुकन्दर पनि सहयोगी हुन्छ । यसमा भएको स्वाभाविक सेतो तत्त्वले तपाईंको ओठ चम्किलो बनाउँछ । सुत्नुअघि चुकन्दर लगाउने र बिहान सफा गर्नुपर्छ । चुकन्दरको रातो रङले ओठलाई स्वाभाविक रूपमा गुलाबी बनाइदिन्छ । ओठमा भएका पुराना कोषिकाहरू जसले तपाईंको ओठलाई कालो बनाएको छ, तिनलाई हटाउन हप्तामा एकपटक ब्रसले बिस्तारै घोट्नु राम्रो हुन्छ । तर, यसो गर्दा ओठमा घाउ हुने गरी घोट्नु हुँदैन । ओठबाहिर सामान्य रगड्दा बिस्तारै पुराना कोषिका हटेर नयाँ आउँदा तपाईंको ओठको सुन्दरता बढ्दछ । यसका साथै जैतुनको केही थोपा र एक चम्चा चिनी मिसाएर ओठमा लेपन गरी रगड्दा पनि राम्रो हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१