यौन सम्पर्कका बेला महिलाको चरम सुख कस्तो हुन्छ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ जेष्ठ २०७३, आईतवार १६:३७

sexयौन सम्पर्कका बेला महिलाले चरम सुखको अनुभव गर्न सक्दैनन् भन्ने सुनेको छु । पुरुषको जस्तो वीर्य स्खलन हुने चरणमा महिला पुग्दैनन् भन्ने पनि पढेको छु । तर, म यौन सम्पर्कका बेला योनीबाट केही आएको महसुस गर्छु । शब्दमा व्यक्त गर्न नसकिने आनन्दको अनुभूति गर्छु । महिलाले प्राप्त गर्ने चरम सुखका बारेमा केही जानकारी चाहन्छु ।

यौन सम्पर्कको बेलामा प्राप्त हुने चरम सुख अर्थात् अग्र्याजमको विषयमा विभिन्न विवाद नभएका होइनन् । यस विषयमा विभिन्न खालका धारणा तथा परम्परागत विश्वास रहेका छन् । महिलाले कहिल्यै चरम सुख प्राप्त गर्दैनन् भन्ने मत पनि छ । महिलाले चरम सुख प्राप्त गर्न अपनाउनुपर्ने विधिका विषयमा फरक–फरक धारणा पाइन्छन् । तर, सम्भोगका बेला पुरुषलाई जति छिटो चरम सुख प्राप्त हुन्छ, महिलालाई यस्तो सुख ढिलो गरेर प्राप्त हुन्छ ।

महिलाको चरमसुखका बारेमा विभिन्न भ्रमलाई चिर्दै वैज्ञानिक तथा यौन मनोविज्ञहरूले विभिन्न तथ्य पत्ता लगाएका छन् । महिलाको योनीभित्र जी स्पट हुन्छ भन्ने कुरा सत्य हो । योनीभित्र हुने यो स्थान निकै संवेदनशील क्षेत्र हो । यही क्षत्रमा घर्षण पैदा भएसँगै महिलालाई चरम सुख प्राप्त हुन्छ । तर, यो योनीभित्र ठीक कुन भागमा हुन्छ भन्ने कुराको यकिन भने गर्न सकिँदैन ।

चरम सुखका बेला महिलाको मस्तिष्कको अधिकांश भाग निस्क्रिय हुन्छ । वैज्ञानिकहरूले गरेको अनुसन्धानले के देखाएको छ भने जब मान्छेको दिमागमा सेक्सले ठाउू पाउूछ, अरू विषय स्वतः निष्क्रिय हुन्छन् । अझ चरम सुखका बेला त संवेदनाको अनुभूति गर्ने क्षेत्रसमेत निष्क्रिय हुन्छ ।

धेरै महिलाले चरम सुख प्राप्त गर्न सक्दैनन् । अमेरिकामा गरिएको एक सर्वेक्षणले ४३ प्रतिशत अमेरिकी महिलामा यस्तो समस्या भएको देखाएको थियो । यसको निष्कर्È के हो भने पुरुषको तुलनामा अत्यधिक महिलामा यौन सुख प्राप्त नगर्ने जैविक कमजोरी नै हुन्छ । चरम सुखलाई वंशाणुले फरक पार्छ । अनुसन्धानअनुसार चरम सुखमा हुने ४५ प्रतिशत विविधता वंशाणुकै कारण हुन्छ । कतिपय महिलाले सम्भोगका बेला चरमसुख पाउन सक्दैनन् र केहीलाई हस्तमैथुन गर्दा पनि यौनसुखको अनुभूति हुँदैन, यसो हुनुमा वंशाणुगत कारण मुख्य हुन्छन् ।

चरम सुख दिने प्रविधि बन्दै छ । जैविक कारणले नै चरम सुख पाउनबाट वञ्चित महिलालाई यौन सुखको अनुभूति दिलाउन वैज्ञानिकहरूले प्रविधिको विकास गरिरहेका छन् । यौन उत्प्रेरकको काम गर्ने यस्तो प्रविधि महिलाको ढाडभित्रको नसामा जोडिनेछ, जसले चरम सुख प्राप्त नहुने समस्या समाधान गरिदिनेछ । यौन सम्पर्कका बेला चरम आनन्द महसुस गर्नु सेक्स लाइफका लागि साह्रै राम्रो पक्ष हो । यौनमा मनोवैज्ञानिक पक्ष बढी हुने भएकाले चरम आनन्दको महसुस गरिरहने भएको छ भने यसबाट तपाईंको सेक्स लाइफ राम्रो छ भन्ने बुझ्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१