डोजोले जित्यो अन्तर्राष्ट्रिय करातेकोे उपाधि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ जेष्ठ २०७३, आईतवार ०५:४०

डोजोले जित्योकाठमाडौँ । नेपालको वनस्थली डोजोले दोस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आज सम्पन्न प्रतियोगितामा वनस्थली आठ स्वर्ण, दुई रजत र समान काँस्य जित्दै ‘टिम च्याम्पियन’ बनेको हो ।

नेपाल सितोरियो कराते डो सङ्घ, शाखा डोजो सामाखुसीद्वारा आयोजित प्रतियोगितामा पाँच स्वर्ण, तीन रजत र २९ काँस्य जितेको भारत दोस्रो भयो ।त्य स्तै, तेस्रो स्थान हासिल गरेको श्रीलङ्काले समान एक–एक स्वर्ण, रजत र काँस्य हात पा¥यो । चौथोमा चित्त बुझाएको बङ्गलादेशले एक रजत र दुई काँस्य मात्र प्राप्त ग¥यो ।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फ भारतका बङ्गराम टुङ्गी तथा महिलामा नेपालकी मनमैंजु डोजोकी अञ्जली राई उत्कृष्ट खेलाडी घोषित भए ।

त्यस्तै, पुरुषमा नेपालको नवशान्ति डोजोका मनिष खड्का तथा महिलामा भारतकी ललिता उदीयमान खेलाडी चुनिए । नेपालको रोल्पा डोजोले अनुशासित टोलीको उपाधि हात पा¥यो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१