“क्या राम्राे कला” कास्केली कला प्रदर्शनी ( फोटो फिचर )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ जेष्ठ २०७३, शनिबार १८:३२

काठमाडौँ  । नेपाल आर्ट काउन्सिलको ग्यालरीमा उनले सिर्जना गरेका कला सजिइरहेका छन्।कलाकार कस्केलीले कपडाको कोलाज बनाएर आफ्नो कलामा नयाँ प्रयोग गरेका छन्। ‘माई क्रिएटिभ एप्रोच’ शीर्षकको प्रदर्शनीमा राखिएका आफ्ना सिर्जनामा उनले नेपालका प्राकृतिक, सांस्कृतिक तथा सामाजिक जीवनलाई कलात्मक रूपमा चित्रण गरेका छन्। उनले भूकम्पबाट ध्वस्त भएको धरहरालाई कलात्मक रूपमा रंगीन कपडाका टुक्रा जोडेर बनाएका छन्। त्यस्तै खेतमा काम गरिरहेका किसानलाई पनि कपडाका टुक्राबाट आकर्षक रूपमा प्रस्तुत गरेका छन्। रङ र ब्रसको प्रयोगबिना नै बनाइएको भए पनि उनका कला आकर्षक छन्। उनको कलाको बारेमा टिप्पणी गर्दै भिन्न माध्यम र प्रस्तुतिले कलामा फरक पहिचान बनाउन कलाकार सफल भएको समीक्षक मदन चित्रकारले बताए। प्रचलनमा रहेको भन्दा फरक माध्यमबाट मौलिक संस्कृति उजागर गर्न सकिन्छ भन्ने मान्यता राखेर आफूले कला सिर्जना गरेको कलाकार कास्केलीले बताए। मंगलबारदेखि सुरु भएको प्रदर्शनीको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन्।Kaskeli_Art5 कला गाउ धरहरा बर मन्दिर लालिगुरास

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१