एम्नेष्टी इन्टरनेशनल नेपाल मिडिया ग्रुप (निर्माणधिन समुह ) संयोजकमा : मुकुन्द ढुंगाना (फोटो फिचर सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ जेष्ठ २०७३, शनिबार ०७:५४

13227961_1011264762296518_573949249_n    काठमाडौं, ८ जेठ । एम्नेष्टी इन्टरनेशनलले नेपालमा दण्डहिनताको अवस्था विगतमा भन्दा पनि भयावहरुपमा बढेको बताएको छ । एम्नेष्टी इन्टरनेशनलले सरकारले मानवअधिकार हनन्का घटनामा जवाफदेहिता तथा न्याय, सत्य र परिपुरणमा पीडितको अधिकारलाई बेवास्ता गरेको ठहर गरेको हो । एम्नेष्टी इन्टरनेशनल नेपाल मिडिया ग्रुप (निर्माणधिन समुह ) को शुक्रबार भब्य उद्घाटन भएको छ । एम्नेष्टी इन्टरनेशनल नेपाल मिडिया ग्रुप (निर्माणधिन समुह ) को संयोजक मुकुन्द ढुंगाना ,सह – संयोजक सकिला पाठक ,सचिब गणेश महतारा ,कोषाध्यक्ष कल्पना दंगाल ,सह- सचिब राजेन्द्र अधिकारी , चित्रबहादुर सुनार ,अमिता प्रधान श्रेष्ठ लगाएत २५ जना सदस्य टिम रहेको छ । एम्नेष्टी इन्टरनेशनल नेपाल मिडिया ग्रुप (निर्माणधिन समुह ) को शुक्रबार भब्य उद्घाटन गर्दै एम्नेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष सूर्यबहादुर अधिकारीले मानवबेचविखन, लैंगिक हिंसा, यातना एवं दुर्व्यवहार लगायतका घटनामा अनुसन्धान गर्न र अदालतले दिएका आदेशको पालना गर्न सरकार असफल भएको उल्लेख गर्नुभयो । अधिकारीले एम्नेष्टीले गम्भीर प्रकारका मानवअधिकार हनन्का घटनामा क्षमादानको सिफारिस गर्न सक्ने गरी सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरिनु निकै चिन्ताजनक भएको बताएको छ । अधिबक्ता पुष्पराज पौडेलले अहिले पनि अभियोजनपूर्वको थुनाका क्रममा साविती बयान गराउन र सम्बन्धित व्यक्तिलाई त्रासको दवावमा राख्न प्रहरीले पुरुष, महिला र बालबालिका उपर यातना र दुर्व्यवहार गर्ने क्रम निरन्तरता पाएको तथा लंैगिक, जातीय, वर्गिय र सांस्कृतिक विभेद पनि कायमै रहेको बताएको छ ।a4 एम्नेष्टी इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष तथा मानवअधिकारवादी चरण प्रसाईले आयोगहरु हिजोको अभ्यास हेर्दा पिडितको पक्षमा भन्दा पिडकको पक्षमा रहेकाले परिवर्तित हुन आग्रह गरे । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा बरिष्ठ अधिबक्ता बोर्णबहादुर कार्कीले भन्नुभयो जनयुद्वकालमा मानव अधिकारको ब्यपक उल्लङ्घन गरेर हजारौ नागरिको हत्या,वेपत्ता र घाइते बनइको थियो । मारिएकालाई सहिद घोषणा तथा बेपत्ताहरुको तत्काल छानबिन गर्न सरकारसंग माग गरेका छन् । बरिष्ठ पत्रकार रामकृष्ण कर्माचार्यले जनयुद्धपछि शान्ति प्रकया भएको लामो समय भइसक्दा पनि मृतक र बेपत्ताहरुबारे सरकार र सम्बन्धित निकाय मौन रहेको आरोप लगाएका छन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पुर्बमन्त्री लालबाबु पण्डितले एम्नेष्टी इन्टरनेशनल नेपाल मिडिया ग्रुप (निर्माणधिन समुह ) को शुक्रबार भब्य उद्घाटन समारोहमा आक्रोशित हुदै अपराधिको कुनै धर्म, जात, दल, लिङ्ग हुँदैन र अपराधिलाई जस्ले संरक्षण, समर्थन गर्दछ उ पनि अपराधि नै हुन्छ त्यसैले जोसुकै भएपनि अपराधिलाई सजाय दिनै पर्छ यसकालागि हामी सबैले सम्बन्धित निकायलाई सहयोग गर्नुपर्दछ । पण्डितले अब हामी दण्डहीनता सहँदैनौँ भनेर देखाउन ती हत्याका दोषीलाई न्यायको कठघरामा उभ्याउन दबाब दिन जरुरी रहेको समेत बताउनुभयो । एम्नेष्टी इन्टरनेशनल नेपाल मिडिया ग्रुप (निर्माणधिन समुह ) को संयोजक मुकुन्द ढुंगानाले सत्य निरूपण तथा मेलमिलाप आयोगले पीडितहरूबाट आएका उजुरीमाथि छानबिन गर्न ढिलाई गर्न नहुने र पिडितलाई छिटो भन्दा छिटो न्याय दिन सरकार तयार हुनुपर्ने बताउनुभयो ।amnesty 1 amnesty amnestya an asa mukundaa1a3a2

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१