बेपत्ताहरु पत्ता लगाउने काम संघर्षले मात्र गर्छः सन्तोष ‘राज्यमाथि दबाब पुगेन’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ जेष्ठ २०७३, शुक्रबार ०६:३२

dababकाठमाडौं ।
नेकपा माओवादीका नेता सन्तोष बुढामगरले राज्यद्वारा बेपत्ता नागरिकको खोजी संघर्षले मात्र गर्न सक्ने बताएका छन् ।
राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज नेपालद्वारा अनामनगरस्थित संवाद डबलीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा नेता सन्तोषले जनयुद्धकालमा राज्यबाट पक्राउ गरी बेपत्ता पारिएका योद्धाहरु पत्ता लगाउन नै निम्ति एकीकृत जनक्रान्तिको जन्म भएको बताए ।
‘आन्दोलनले मात्र बेपत्ता योद्धाहरुको खोजी गर्न सक्छ, यसको विकल्प छैन’ उनको भनाई थियो । एकीकृत जनक्रान्तिमा सहभागी भएर मात्र बेपत्ता योद्धाहरुको सत्यतथ्य अवस्था पत्ता लागउने नेता सन्तोषले बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले सम्पूर्ण बेपत्ता नागरिकको खोजी गर्न आयोगको तर्फबाट सक्दो प्रयास भइरहेको बताए । तर आयोगका कर्मचारीबाट असहयोग भइरहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा बेपत्ता छानबिन आयोगका सदस्य मानबहादुर खड्काले पीडितहरुले बेपत्ताहरुको खोजबिन तथा छानबिन कार्यमा दबाब दिनुपर्ने बताए । पीडितहरुको तर्फ राज्यमाथि ठूलै दबाबको आवश्यकता छ । छानबिन आयोगमै आएर दबाब दिए सरकारलाई प्रेसर पर्छ’ उनले भने ।
त्यस्तै अधिवक्ता एकराज भण्डारीले राज्यले छोरा विपिन भण्डारीको बेपत्ता पारेको डेढ दशक बितिसक्दा पनि यथार्त अवस्थाबारे राज्यले जानकारी दिन नसकेको भन्दै आक्रोश व्यक्त गरे । ‘छोरालाई राज्य गायब पारेको ढेड दशक पुग्न लाग्यो, केही पत्तो छैन, कस्तो अवस्थामा छन् ? राज्यले जानकारी तुरुन्त दिनुपर्यो’ भण्डारीले आक्रोशित हुँदै भने । बेपत्ता नागरिकको खोजी गरिदिनु मानव अधिकार अयोग र सम्वद्ध संगठनहरुसँग उनले माग गरे ।
उनले द्वन्द्वकालीन मुद्दालाई राजनीतिक तरिकाबाट हल गर्नुपर्ने बताए ।
कार्यक्रम २०५६ साल जेठ ७ गते तत्कालीन माओवादी नेता दण्डपाणि न्यौपाने, मिलन नेपाली, विद्यार्थी नेता विपिन भण्डारीलाई तत्कालीन सरकारले राजधानीबाट पक्राउ गरी बेपत्ता पारिएको थियो । सोही दिनको स्मरणस्वरुप जेठ ७ गतेलाई बेपत्ता स्मृति दिनको रुपमा सम्झिँदै आइरहेका छन् । न्यौपाने, नेपाली, भण्डारीलगायत त्यो दिन पक्राऊ गरिएका दर्जन राजनीतिकर्मीहरु अझै बेपत्ता अवस्थामा छन् ।
त्यस्तै नेपाली कांग्रेस नेतृ पुष्पा भुसालले बेपत्ता खोजी गर्न बनेको अहिलेको कानून फितलो रहेको बताइन् । अन्तरिमकालको भन्दा अहिलेको कानून निकै फितलो छ, यसले सत्यतथ्य पत्ता लगाउँछ जस्तो मलाई लाग्दैन’ भुसालले भनिन् । बेपत्ताबारे सत्यतथ्य पत्ता लगाउन आफू लागिरहेको बताइन् ।
मानवधिकार चरण प्रसाईँले नेपालमा मानवअधिकार राज्य पक्षबाट धेर भएको बताएका छन् । तत्कालीन विद्रोहीभन्दा राज्य पक्षबाट धेर मानव अधिकार हनन भएको पाइएको उनको भनाई छ । सोही कारण बेपत्ताहरुको खोजी गर्न सरकारले तदरुकता नदेखाएको आरोप लगाउँदै राज्यले चाहेमा बेपत्ताहरुको अवस्था पत्ता लगाउन कठिन नहुने प्रसाईको भनाई छ ।
राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज नेपालका अध्यक्ष अशोक रोकायले बेपत्ता आफन्तहरुको अवस्था पत्ता नलागेसम्म आन्दोलन जारी रहने कार्यक्रममा बताए ।
कार्यक्रममा बेपत्ताहरुको आफन्तहरुको सहभागी रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १५, २०८१