प्रधानमन्त्री केपी ओली ज्यू कति दिन सम्म खुवाउनु हुन्छ नेपाली जनतालाई मनको लड्डु ध्यूसंग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ जेष्ठ २०७३, शुक्रबार ०५:४०

karna कर्ण बहादुर अधिकारी मकाउ,चीन। नेपालको भौगोलिक बनावटको स्वरूप र राजनिति परिवेशको चर्चा परिचर्चा गर्दा लाग्छ नेपाललाई नेपालका राजनिति दलका नेताहरूले खेल खेलाईने मैदान बनाई रहेका छन।मैदानमा रमाएर उफ्रिएर खेल त खेल्ने तर मैदानको भने संरक्षण गरीएको कतै पाईएन।यी राजनिति खेलाडीहरूको खेल हेर्नका लागि सोझा साझा नेपाली जनताहरू कहिले कसको पक्षमा त कहिले कसको आखिर यीनीहरूबाट जनताले केहि पाएनन् केवल मुक दर्शक बनी हेरी रहे हेरी रहे।प्रसङ्ग नेपालको बर्तमान सरकारको। अहिले देशमा प्रधानमन्त्री केपी ओलीको प्रमुख भूमिकामा नेपाल सरकार चलि रहेको छ।सरकार गठन भएको पनि लगभग ८/९ महिना हुन लाग्यो तर जनताले राहत पाउने काम कही कतैबाट पनि गरेको पाईएन।नेपाली कांग्रेस पार्टी नेपालकै पहिलो पार्टी भए पनि हाल प्रतिपक्षको भूमिका निवारण गरी रहेको छ।२०७२ साल बैशाख १२ गते शनिवारका दिन गएको आम बिनाशकारी भुकम्प गएको पनि १३ महिना पार गर्न लागि सक्यो तर जनता अझै खुल्ला आकाश मुनी बस्न बिबश छन।केवल त्रिपालको भरमा बर्खा,जाडो र गर्मी बिताएका जनता फेरी बर्खामा पाल मुनीकै बास हुने पक्का छ।जाडोमा कठयाङ्ग्रिएर कयौले जीवन लिला समाप्त पारे भने गर्मीमा हुरी बतासको सामना गर्दै छन।अब त बर्खा पनि लाग्न लाग्यो यो पुरानो पालले कति दिन ओत देला।भूकम्प पीडितको यस्तो दुरदशा देख्दा पनि नेपाल सरकार किन मौन? भुकम्प गएको समयमा स्वर्गीय शुशिल कोईराला प्रधान मन्त्री र डा.राम शरण महत अर्थ मन्त्री थिए।डा.महतले भुकम्प पीडित र पुन निर्माणका लागि बिदेशी दातृ राष्ट्रहरूसंग उठाएको खर्वौ रूपैया किन सदुपयोग हुन सकेन?देशमा जातीयताको नाममा आन्दोलन हुँदैछ आखिर किन र के का लागि?के अब नेपाली नेपाली बीच भाईचाराको सम्बन्ध धरापमा पर्नै लागेको हो र?संघियताको नाममा कयौ नेपालीले बलिदानी दिई सके आखिर किन र के हो त समाधान?यस्ता कयौ प्रश्न नेपाली जनता सामु छन।तर सरकार कानमा तेल हालेको मान्छे झै सुने पनि नसुने झै गर्दै छन। केपी ओली सरकारमा ८ कक्षा पढेको अर्थमन्त्री छन भने १० पढेका सभामुख छन।देशका गरीमामय पदहरूमा २१औ सताब्दीमा पनि अनपढहरूलाई स्थान दिएकोमा नतमस्तक हुनु शिवाय अरू केहि छैन।कयौ शिक्षित बर्गहरू शिक्षित भएर पनि अनपढ झै मौन अबस्थामा छन्।नेपालमा पढेकाहरूको कुनै मान्यता नै छैन।यस्तो अबस्थामा केपी ओली आफै भन्दैछन पढाईको सर्टिफिकेट राखेर लोन पाउँदै छन रे।के यो कुरा सार्थक भएर लागु होला त? बिगतका दिनमा भाषण गर्ने क्रममा हावाबाट बिजुली ,एक बर्ष भित्र लोडसेडिङको अन्त्य र ग्यासको पाईपलाईन घर घरमा,चीन देखि सगरमाथा हुँदै लुम्बिनी सम्म रेल मार्ग बनाएर चाईनीज रेल कुदाउने कुरा गरे झै अझै त्यस्ता मनगणन्त्य कुराहरूले जनताहरूलाई मख्ख बनाउँदै छन।प्रधानमन्त्री जस्तो ब्यक्तित्वले मुखमा जे आयो त्यहि शब्दहरू त बोल्नु भएन नी हैन र?जनताहरू पनि त्यस्तै छन यस्ता नेताहरूको भाषण कान थापी थापी सुन्नी दिन्छन।८/९ महिनाको दौडानमा खासै राम्रो कार्य केहि भएको छैन।सभा समारोहमा भाग लिएर उखान तुक्का हाली हाली नेपाली जनताहरूलाई मनको लड्डु ध्यूसंग खुवाउने भन्दा केहि छैन।तर हाल सालै सरकारले गरेको एउटा निर्णय चाहि स्वागत योग्य नै छ त्यो हो मृगौला पीडितहरूलाई जीवन भर डाईलोसिस गर्दा चाहि निशुल्क हुँदै छ रे। अब केहि दिन पछि केपी सरकारले आर्थिक बर्ष ७३/७४को लागि बजेट ल्याउने तयारीमा छ सुन्छु बजेट कर्मचारी र गरीब जनताको हितमा नै छ रे बजेट त ल्याउलान त कार्यान्वयन कसरी गर्लान खै।बजेट ल्याउने बित्तिकै सरकार परिबर्तन हुने छाटकाट देखिदै छ।केपी कमरेडको र कमरेड प्रचण्ड बीच त्यस्तै सहमती भाको छ रे।बजेट ल्याएर सस्तो लोक प्रियता कमाउने कोशीशमा छन केपी ओली।देश निर्माणका लागि बोलेका कुराहरू त सहि नै हो तर त्यसलाई एकै चोटी नै लागु गर्छु भन्नु चाहि मुर्खता बाहेक केहि होईन।१० बर्षको बालकलाई २० पाथीको धोक्रो बोकायो भने बोक्न सक्ला त ?त्यसैले कमरेड गर्न सक्ने कुरा मात्र गरू वाईयात कुरा गरेर समय बर्बादी नगरौ।बरू जनतालाई सीप मुलक काममा लगाउन प्रयत्न गरू।गाउँघरका मानिसहरूलाई आर्थिक हैसियत बढाउने कार्य योजना तयार गर्नु होस ताकी जनताको जीवन स्तर सुधार होस।जनतालाई दिउँसै अध्यारो पारी सपना देखाएर मनको लड्डु ध्यूसंग चाहि नखुवाउनु होला। जय नेपाल।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१