यूरोप गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि रमेश निरौलाको एक लाख २ हजार १६ रुपैँया सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ जेष्ठ २०७३, शुक्रबार ०५:३५

rameshभोला लामिछाने । नेपालको झापा जिल्लामा जन्न्मनु भै बिराटनगर, भक्तपुर हुदै पढाईको शिलशिलामा यूरोप आउनु भएका रमेश प्रसाद निरौला मिडिया मा त्यति आउन नचाहने आफ्नै काममा विश्वास गर्ने र प्रवासमा रात दिन मिहिनेत गर्ने एक कर्मशील ब्यबसायिक एवं समाजसेबी व्यक्ति हुन्। हाल बार्सिलोना निवासी निरौलाले भेजी गार्डेन नामक प्रख्यात शाकाहारी भोजनालय संचालन गर्दै यहाका नेपाली मात्र नभएर स्पेनिश अनि बार्सिलोना भ्रमणमा आउने जो कोहि पर्यटक हरुको पनि मन जितेका छन्। नेपाली दाजुभाई दिदीबहिनी हरु भन्ने बित्तिकै उहाहरुको दुख सुख मा सामेल हुने अनि आफ्नो बल बुताले भ्याएसम्म सहयोगी बन्ने निरौला आफ्नो रेस्टुरेन्टमा नेपाली कामदारहरुलाई समेत रोजगारी दिन सफल भएका छन्। स्पेनमा स्थापना भएको पूर्वेली नेपाली एकता नामक सामाजिक सस्थाका सल्लहाकार समेत रहेका निरौला अहिले आएर नेपालमा कलाकार धुर्मुश सुन्तली फाउन्डेशन मार्फत भुकम्प पिडित गिरान्चौर गाउमा पुनर्निर्माण गर्न लागेको देखेपछि उक्त पुनर्निमाण सहयोग स्वरूप नगद रु १ लाख २ हजार १६ प्रदान गरेका छन्। यूरोप आउदा शुरुका दिनहरु। यूरोप आउदा २०० यूरो मात्र साथमा बोकी आएको याद गर्दै आफुले शुरुमा यूरोप भूमिमा गरेका स्ट्रोगलका दिनहरु सम्झन्छन अनि पाएका कस्टहरु लाई प्रेरणाको श्रोतको रुपमा लिएर आउने दिनहरुलाई अझ कसरी प्रगति तर्फ़ लग्न सकिन्छ सोची रहन्छन। दुख त कती पाइयो भन्न लाई निकै लामो समय लाग्ने समेत बताए। दिनमा २० घण्टा सम्म काम गरेको बताउदै पैसा भनेको चिज जति कमाए पनि आखिर भगवानको घर मा जादा लाग्ने रहिन्न्छ सर गरिब दिन दुखि हरुको सहयोगको लागि जुट्नु र सकेको सहयोग गर्नुमा नै मलाई त सच्चा धर्म त्यहि हो जस्तो लाग्छ। मरेर आखिर के नै लगिन्छ र सर ?ramesh 1

धुर्मुश सुन्तलीलाई नै किन सहयोग ? हाम्रो देशलाई कुनै न कुनै हिसाब बाट सहयोग गर्नु पर्दछ , देशको उन्नतिको लागि प्रगतिको लागि सहयोग गर्नु पर्दछ भन्ने मेरो आफ्नो भावना रहेको कारणले मैले सहयोग गरेको हु। नेपालमा अब धेरै फरक राजनीतिक पार्टी हरु छन् राजनीतिक लुछाचुडी छ त्यो राजनीतिक लुछाचुडीमा नेपालमा केहि हुन सकिरहेको छैन। त्यस्तो लुछा चुडी को बिचमा पनि स्वतन्त्र र साधारण गाउले परिवेशका हास्य हाम्रा कलाकार सिताराम कट्टेल र कुन्जना घिमेरे धुर्मुस सुन्तली ले भुकम्प बाट मर्माहत भएको हाम्रो देशलाई आफ्नो तर्फ बाट जे जति हुन्छ त्यो लिएर एउटा गाउकै पुनर्निर्माण को लागि लागि परेको मैले देखे र पहेले नै कभ्रेमै गरेको त्यो पुनर्निमाण राम्रो काम गर्नु भयो भन्ने मलाई अनुभुति भएको थियो । फेरी पछि आएर उहाहरुले पुन गिरान्न्चौर मा अर्को बस्तिको पुनर्निमाण गर्न लागेको र उहाहरु डोको, ढुङ्गो बोकेर काम गरेको देखेपछि उहाहरुको कामलाई सम्मान गर्दै मैले धुर्मुश जी लाइ सम्पर्क गरेर मैले सहयोग गरेको हु। मैले उहा सगको सम्पर्कमा सहयोग रकम त्यहि को जनताहरु लाइ नै जानेछ त ? कतै भ्रस्टाचार त हुन्न ? कडा प्रश्न गरेको पनि थिए यसमा उहाले प्रत्येक हिसाब किताब हुनेछ हामीले आफ्नो घर बेचेर काम गरेको समेत बताए पछी र आफ्नो जुन गुडविल छ त्यसलाई प्रयोग गरेर हामीले पुनर्निर्माण थालनी गरेका हौ। जतिले सहयोग गर्ने हुनुहुन्छ पछि कसको सहयोग काहा प्रयोग भएको सबै बिल सहित हामीले बुझाउने छौ, बाहिर निकाल्ने छौ , प्रकाशित गर्ने छौ भनेर बिस्व्सथ समेत बनाउनु भयो अनि उहाहरुलाई नै सहयोग गरेको हु। एन आर एन लाई पुनर्निर्माण गर्न अनुमति बल्ल पायो रे तर धुर्मुश सुन्तलीले भने गरेर देखाए यो के हो मैले अझै बुझ्न सकेको छैन । हामीले एन आर एन स्पेनको को माध्यम बाट निकै नै ठुलो रकम समेत नेपालमा भूकम्प पिडित सहयोगार्थ पठाएका पनि हौ। म पूर्वेली नेपाली एकता समाज स्पेनको सल्लाहकारमा समेत छु यो सस्था बाट लगायत स्पेन स्थित अन्य संघ सस्था हरुबाट एकत्रित गरि निकै नै ठुलो रकम एन आर एन स्पेनको खातामा जम्मा गरेर सहयोग गरेको पनि हो। अहिले आएर हेर्दा नेपालमा भुकम्प गएको पनि एक बर्ष समेत बितिसकेको अवस्थामा अझै पनि एन आर एन ले किन पुनर्निर्माण गर्न सकेको छैन ? सुनेको छु बल्ल नेपाल सरकार ले एन आर एन लाइ अनुमति दियो रे यस अर्थ मा पनि हामीले जे सोचेका थियौ त्यो काम गर्न एन आर एन का प्रतिनिधि हरु पनि चुक्नु भयो। धुर्मुश सुन्तली ले अनुमति पाउने एन आर एन ले किन नपाउने ? लाटो सोझो जनताको हिसाब बाट हेर्दा आखिर मा दुबैले गर्ने पुनर्निर्माण नै हो मलाई त हाम्रा एन आर एन का प्रतिनिधि हरु सक्षम र सबल हुदा हुदै पनि हाम्रो देशको राजनिति ले गर्दा त्यस्तो भएको जस्तो लागेको छ सर। नेपालमा राजनीतिक पार्टीहरुको एक अर्काको खुट्टा तान्ने र कुर्ची ताक्ने प्रवृतिले पुनर्निर्माणमा समेत ढिलाई भएको जस्तो लागेको छ। नेपालमा राजनीति गर्ने पार्टीका प्रतिनिधिहरु निस्पक्ष हुनपर्यो। एक अर्काको खुट्टा तान्ने प्रवृति हुनु भएन। मेरो आफ्नो मनले बुझ्दा अहिले नेपालमा देखिएका जुन पार्टीहरु छन् उनीहरु बिकास र निर्माणको लागि एकजुट हुनु पर्ने बेलामा झन आपसी तानातानी मै र कुर्ची मै व्यस्त देखिएका छन् भलै उनीहरुका आफ्ना आफ्ना राजनीतिक र सांगठानिक मान्यताहरु होलान तर समग्र नेपाली हरुको हित र विकासमा लाग्दा एक जुट भएर लाग्नु पर्ने मा उनीहरु त्यसो गर्न सकिरहेका छैनन्। भुकम्प पिडित सहयोगार्थ व्यक्तिगत तर्फ़ बाट नै यस अघि करिब १२ सय यूरो सहयोग गरिसके सर। भुकम्प बाट मर्माहत भएको क्षडमा मर्ने त मरे बाच्ने मानिस हरु खाने अन्न बस्ने बास र पीउने पानि समेत नपाउदा मैले सिन्धुपाल्चोकको थुमम्पाखर गाबिस को १ वडा मा मेरो परिवारको पहलमा व्यक्तिगत रुपमा १२ सय यूरो को लत्ता कपडा बिस्कुट पनि टेन्ट लगाएत का सामग्री समेत सहयोग गरे।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१