कोइकाद्वारा नुवाकोटमा १ जिल्ला अस्पताल र १० स्वास्थ्य चौकीको निर्माण गरिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ जेष्ठ २०७३, बिहीबार १०:४६

काठमाडौं ६ जेठ। कोरीया अन्तराष्ट्रिय सहयोगी नियोग, कोइकाले जिल्ला स्वास्थ्य कार्यलय नुवाकोटको सहकार्यमा वेल्कोटस्वास्थ्य चौकी निर्माण स्थलको शिलन्यास कार्यक्रम सम्पन्न गरेको छ । शिलन्यास कार्यक्रमलाई नेपालका लागी दक्षिण कोरियाका राजदुत चोइ योंगजिन र नुवाकोट प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोख्रेलले सामुहिक रुपमा शिलन्यास बोर्डलाई अनावरण गरेको थियो ।
सन. २०१५ डिसेम्बर १० का दिन कोरीया सरकार परराष्ट्रमन्त्रालय र नेपाल सरकार स्वास्थ्य मन्त्रालयबीच रेर्कड अफ डिस्कसनमा हस्ताक्षर भई सम्झौता भएको थियो । लगभग ८ मिलिएन अमेरीकी डलरको उक्र पुनःनिर्माण परियोजनाले नुवाकोट जिल्लामा एउटा जिल्ला अस्पताल र १० वटा स्वास्थ्य चौकीको निर्माण गर्नेछ । निर्माण गरिने गाविसको सुचीमा रातेमाटे, दुइपिपल, चारघरे, बेलकोट, सुर्यमति, थाप्रेक, पन्चकन्या, घांगफेदी, लिखु र सीसडोल पर्दछन. । 13224107_477779395752556_1847001563_o
परियोजनालाई कोइका, युनडिपी, जिएनआइ, जिआइजेड र जिल्ला स्वास्थ्य कार्यलयको सामुहिक प्रयासमा कार्यवन्यन गरिनेछ । युएनडिपिले निर्माण स्थलको प्राविध समिक्षा गर्दै भुकम्प प्रतिरोधात्मक र निर्माणयोग्य जमीन बनाउने जिम्मा लिएकोछ भने जिएनआइले उक्त निर्मित स्वास्थ्य भवनबाट गुणस्तर स्वास्थ्य सेवाको सुचारु गर्ने जिम्मेवारी लिएको छ । जिआइजेटले नुवाकोट जिल्लाको स्वास्थ्य सुचनालाई अनलाईन व्यवस्थापन प्रविधिमा रुपान्तरण गर्दै व्यवस्थित पहुचको जिम्मेवारी लिएको छ । कोरीया सरकारले कोइका मार्फत उक्त परियोजनालाई अर्थिक सहयोग गरेको हो ।
बेलकोटमा गरिएको उक्त शिलन्यास कार्यव्रmमको सफल आयोजनाले नुवाकोट जिल्लामा स्वास्थ्य क्षेत्रको पुनःनिर्माण सहज तरिकाले सुरुगरेको सन्देश दिने आशा गरिएको छ । साथै स्थानिय बासिन्दा तथा स्वास्थ्य चौकीको अगुवाई, जिल्ला स्वास्थ्य कार्यलयको सहकार्य, जिल्ला सरकारी निकायको प्रमुखहरुको सहभागिता र कोइका तथा सयुक्तराष्ट्र संघ, जर्मन सरकार र जिएनआइको आर्थिक तथा प्राविधिक सहयोगको एकिकृत प्रयासले सर्बलाई परियोजनाको सफल कार्यवन्यनको सन्देश दिएको थियो ।
दक्षणि कोरीया सरकारले नेपाल सरकारलाई सन. २०१५ जुन २५ मा आयोजना गरिएको पुनःनिर्माण सम्बन्धि अन्तराष्ट्रि सम्मेलनबाट १० मिलिएन अमेरिकी डलरको सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । कोरीया सरकारले सन. १९९१ देखि कोइका मार्फत नेपालमा स्वास्थ्य, शिक्षा, कृषि र मानव क्षमता वृद्धिको क्षेत्रमा आर्थिक तथा प्राविधिक सहयोग पु–याउदै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१