‘आइफोन सिक्स’ आइफोन ‘फाइभ–एस’ भन्दा सस्तो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ असार २०७१, आईतवार १२:४८

एजेन्सी– चीनको एक वेभसाइटका अनुसार एप्पल कम्पनीले आफ्नो नयाँ फोन ‘आइफोन सिक्स’ को मूल्य आइफोन ‘फाइभ–एस’ भन्दा कम हुने जनाएको छ ।चीनियाँ वेभसाइट धधध।बियथबयदब।अयm का अनुसार ४.७ इन्च स्क्रिन हुने ‘आइफोन सिक्स’ मा ३२ र ६४ जीबीको मेमोरीमा उपलब्ध हुने बताइएको छ । झण्डै–झण्डै आइफोन ‘फाइभ–एस’को जस्तै विशेषता हुने बताइएको आइफोन ‘सिक्स’ ३२ जीबी मेमोरीको मूल्य ८५० डलर हुने बताइएको छ । स्मरण रहोस्, आइफोन ‘फाइभ–एस’ को मूल्य योभन्दा निकै उच्च रहेको छ । यस्तै ६४ जीबी आइफोनको मूल्य १,०१० डलर हुने बताइएको छ । ६४ जीबीको आइफाने ‘फाइभ–एस’ को मूल्य पनि योभन्दा धेरै नै छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१