६९ जना यात्रुसहित इजिप्ट एयरको विमान हरायो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ जेष्ठ २०७३, बिहीबार १०:३५

काठमाडौं । इजिप्टको राष्ट्रिय ध्वजावाहक इजिप्ट एयरको यात्रुवाहक विमान पेरिसबाट कायरोतर्फ उड्ने क्रममा बिहिबार हराएको छ । पेरिसको स्थानीय समय राती ११ बजेर ९ मिनेट जाँदा पेरिसबाट उडेको विमान रडारबाट हराएको विमान कम्पनीले जनाएको छ ।egpt air

बिमानमा ५९ जना यात्रु तथा १० जना चालक दलका सदस्य छन् ।

मेडिटेरानियन समुद्रभन्दा माथि पुगेपछि सो बिमानको र्‍याडरसँग सम्पर्क टुटेको बताइएको छ ।

इजिप्सियन हवाई क्षेत्र प्रवेश गर्नभन्दा ८० माइल अघिसम्म विमान ३७ हजार फिटको उचाईंमा उडिरहेको थियो ।कम्पनीले यसबारे थप जानकारी दिने बताएको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ ।यसअघि इजिप्ट एयरको विमान गत मार्चमा नाटकीय अपहरणमा परेको थियो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१