कोरियामा नेपालीको तलब ७.१ प्रतिशतले बढ्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ असार २०७१, आईतवार १२:३९

सोल, दक्षिण कोरिया ।  दक्षिण कोरियामा कार्यरत विदेशी कामदारको तलब अर्को बर्ष ७.१ प्रतिशतले बढ्ने भएको छ । कोरियाको ज्याला निर्धारण समितिले न्यूनत्तम पारिश्रमिक बृद्धि गर्ने निर्णय गरेको हो । शुक्रबार भएको तलब वृद्धिको निर्णयपछि साना तथा मझौल उद्योगहरुमा काम गर्दै आएका स्वदेशी तथा बिदेशी कामदार उत्साहित भएका छन् । बैठकमा मजदूर प्रतिनीधि, सरकारी अधिकारी र रोजगारदाता प्रतिनीधिसहित २७ सदस्य उपस्थित थिए ।बैठकमा कोरियामा कार्यरत विदेशी मजदुरको तलब बढाउने कि नबढाउने भन्ने मतदानमा तलब बृद्धि हुनुपर्छ भन्ने पक्षमा १८ मत खसेको थियो । पछि समितिका अध्यक्ष पार्क जोन सङले २०१५ बाट लागु हुनेगरि स्वदेशी तथा विदेशी मजदूरको तलव ७.१ प्रतिशतले बृद्धि गर्ने घोषणा गरेका थिए । निर्णयलाई कोरियाको श्रम तथा रोजगार मन्त्रालयले अगष्ट ५ मा स्वीकृत गर्नेछ ।आंउदो जनवरिबाट लागु हुने नयां तलवमान अनुसार मजदूरहरुले प्रतिघण्टा ५ हजार ८ सय ८० वन ९५.५० अमेरिकी डलर पाउने भएका हुन् । उद्योगको प्रकृति अनुसार हप्तामा ४० घण्टा काम गर्ने मजदुरले महिनामा तलब ११ लाख ६६ हजार २ सय २० वन र हप्तामा ४४ घण्टा काम गर्ने मजदूरले १२ लाख ६१ हजार ८० वन पाउनेछन् ।कोरियामा जुन २९ अगावै अर्को बर्षको तलब निर्धारण गर्ने प्रावधान छ ।

प्रतिक्रिया