कालिगण्डकी करिडोरमा सार्वजनिक यातायात गुड्न थाले

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ जेष्ठ २०७३, बुधबार १६:३४

प्रधान सेनापतिबाट शुभारम्भ 

नारायण रिजाल, बागलुङ ५  जेठ  ।  राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालिगण्डकी करिडोर बागलुङ मालढुंगा देखी टाकुरी खण्डमा सोमबार देखी औपचारीक रुपमा सार्वजनिक यातायात संचालनमा आएका छन । १४ किलोमिटर सडक खण्डको प्रधान सेनापति राजेन्द्र क्षेत्रीले बुधबार औपचारिक रुपमा शुभारम्भ गरेका छन । बागलुङको बलेवा विमानस्थलमा भएको सार्वजनिक यातायात शुभारम्भ कार्यक्रममा बोल्दै क्षेत्रीले जनताले दिएको जिम्मेवारी पुरा गर्नका लागि नेपाली सेना सधै तयार रहेको बताए ।
देश विकासका लागि नेपाली सेना पनि प्रत्यक्ष रुपमा सहभागि हुनु भनेको गर्भको विषय भएको भन्दै कालिगण्डकी करिडोर मात्र नभई आम जनताले लगाएको जस्तो सुकै जिम्मेवारी पुरा गर्ने अठोट लिएका छन । IMG (7)
नेपाली सेनाले जिम्मा लिएको कालिगण्डकी करिडोर देशमा भएको अनेक समस्याका बाबजुत पनि तोकिएको समय भन्दा अगावै पुरा गरेकोमा खुशी व्यक्त गरेका छन । क्षेत्रीले देशमा हरेक विकास निर्माणका कार्य सहज तरिकाले पुरा गर्नका लागि आर्थिक, राजनैतिक व्यवस्था राम्रो हुनुपर्ने बताए । कार्यक्रममा व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारी, सांसद प्रकाश शर्मा पौडेलले विकास निर्माणमा नेपाली सेनाले निकै राम्रो भुमिका निर्वाह गरेको बताएका थिए ।
बुधबार नै बलेवा विमास्थलदेखी मालढुंगा सम्मको ७ किलोमिटर प्रधान सेनापति क्षेत्री सांसद विकास समितिका सभापति रविनद्र अधिकारी, सांसद प्रकाश शर्मा पौडेल र अन्य मन्त्रालयका सचिव उपसचिवहरु सार्वजनिक यातायातमा सडकका अवलोकन गदै यात्रा गरेका थिए ।
नेपाली सेनाले पाएको जिम्मा अनुसार जेठ १५ मा सक्ने लक्ष्य राखेकोमा बैशाखमा नै काम सकिएको निर्माण कार्यलदका प्रमुख सेनानी रेश्मीराज भट्टराइले बताए । लामो समयसम्म चर्चामा आएर पनि करिडोरको आयोजना कार्यालय मार्फत काम हुन नसकेपछि सरकारले गत वर्ष नेपाली सेनाबाट ‘कालीगण्डकी करिडोर सडक निर्माण कार्यदल’ गठन गरी जिम्मा दिएको थियो ।
अघिल्लो वर्ष असार १५ गते तत्कालिन मुख्य सचिव लिलामणि पौडेल बाट शिलान्यास भएर निर्माण थालेको एक बर्ष नपुग्दै सवारी चल्न सक्ने गरी सडक बनेको सेनाले जनाएको छ ।
यस अघि गुल्मी तर्फको ट्रयाक पनि सेनाले खोलिसकेको छ । पाल्पाको केही भागमा कोरिडोर आयोजनालेनै काम गरेको छ भने टाकुरीदेखि गुल्मी सिमानाको पालुङ खोलासम्मको २२ किलिमिटर पनि सेनाले काम गर्नेगरी जिम्मा लिइसकेको छ । आगामी वर्षसम्ममा कोरिडोरको सबै भागमा सार्वजनिक सवारी साधन चल्न सक्ने बनाउने सेनाको तयारी छ ।
पहिलो चरणमा १४ किलोमिटरका लागि १८ करोड बजेट थियो,’ भट्टराइले भने ‘ निर्धारित समययभन्दा अगाबै काम सक्यौं , बागलुङ खण्डमा पर्ने बाँकी २२ किलोमिटर सडकको काम पनि छिट्टै थाल्ने उनले बताए ।
अघिल्लो आर्थिक वर्ष सक्ने लक्षको कोरिडोरको बागलुङ, गुल्मी तथा पाल्पा खण्डमा कडा चट्टान परेपछि सेनाको जिम्मा लगाइएको थियो । बागलुङ, गुल्मी र पाल्पा खण्डमा सेनाले काम गरेको छ भने म्याग्दी र मुस्ताङ खण्डमा सडक डिभिजन कार्यालय बागलुङले काम गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१