पछिल्लो महिना बिहे गरेकी बलीउड नायिका बिपाशा वशुले हाल माल्दिभ्समा पति करणसिंह ग्रेवरको साथ हनीमुन मनाईरहेकी छिन् । उनले दुई दिन पहिले हनीमुन फोटो शेयर गरेकी थिइन् ।
उनले इन्स्टाग्राममा शेयर गरेका फोटोले अहिले विवाद निम्त्याएको छ । केहि फ्यानले फोटोमा अश्लिल कमेण्ट गरेपछि बिपाशा भड्किएकी छिन् । उनले राम्रै जवाफ दिइन् । शुक्रवार फेरी भीडियो शेयर गरिन् । भीडियोमा पनि त्यस्तै कमेण्ट आएपछि उनि अझै तनावमा आएकी छिन् ।
प्रतिक्रिया