केजको सुटिङ सकियो,नीना डोब्रेवले दीपीका सँगको स्याड सेल्फी गरीन् सेयर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ जेष्ठ २०७३, बुधबार ०६:०७

हलिउड नायिका नीना डोब्रेवले त्रिपल एक्स फिल्मको नायिका दिपीिका पादुकोण सँग एक सेल्फि सेयर गरेकी छिन्, जस्मा दुवैको उदासिन अनुहार देखिएको छ ।

1
२७ वर्षिया नायिका नीनाले आफ्नो ईन्स्टाग्राममा आफ्ना फ्यानहरुलाई उक्त फोटो सेयर गरेकी छिन् । फोटो सेयरका साथै उनले “यस फिल्मको सेटमा केही ब्याक्ति सँग भेटेर निकै खुशि छु, अन्तिम दिन‘ यस उत्साहको दौरान सकिएकोले दुःखि छु,” लेखेकी छिन् ।
त्यति मात्र नभएर नीनाले “आफ्नो नयाँ त्रिपल एक्सको परिवारलाई छोड्न निकै मुस्किलद भईरहेको छ । सुटिङ सेटमा उपस्थित सबै मिहेनती सबै लाई सम्झनेछु । सबैलाई भेटेर निकै खुशि लाग्यो । आसा गरेको छु उक्त फिल्मको सिक्वेल बन्छ” पनि लेख्दै त्रिपल एक्स फिल्मका सपरिवारलाई मिस गरेकी छिन् ।
उक्त फिल्ममा भिन डाईसेल लीड रोलमा छन् । त्यस्तै फिल्ममा अन्य कलाकारहरु माईकल विसपिङ,टोनी जा,स्यामुअल एल ज्याक्सन र रुबी रोज पनि रहेका छन् । फिल्मलाई डि जे करासोले निर्देशन गरेका हुन् । यो त्रिपल एक्स फिल्मको तेस्रो सिक्वेल फिल्म रहेको छ । फिल्म २०१७ मा रीलीज हुने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१