गर्मी सँगै पसिना पनि बढ्योरु दुर्गन्ध कसरी कम गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ जेष्ठ २०७३, बुधबार ०५:५७

durghantaमानव शरिरलाई पनी आवश्यकता परे जस्तै शरिरवाट पसिना निस्कनु पनि शरीरका लागि आवश्यक हुन्छ । पसिना वाटनै शरिरमा भएका विकार तत्व हरु बाहिर आउँछ । पसिनाले शरीरको तापक्रमलाई सन्तुलनमा राख्छ । तर, अत्यधिक पसिना आएमा शरीर र कपडा दुर्गन्धित भई समस्या हुन सक्छ । बढी पसिना आउनुलाई चिकित्सा विज्ञानमा हाइपरहाइड्रोसिस भनिन्छ । विश्वको कुल जनसंख्याको करिब २ प्रतिशत मानिसमा हाइपरहाइड्रोसिस भएकोे अनुमान छ ।

धयmबल(अयखभचष्लन(लयकभ(दभअबगकभ(तजभ(mबल(कतष्लपक(टज्ञद्धहछण्ण्
किन आउछ धेरै पसिना रु
पसिनामा वंशाणुगत गुण पनि मिसियको हुन्छ । यस्तै गर्मीमा धेरै काम र व्यायाम गर्दा अनि धपडि भयो भने बढी पसिना आउने गर्दछ ।

अनि विभिन्न रोगहरु फोक्सोको टिबी, मलेरिया, कब्जियत , तनाव, दुषित रगत,दुर्बलता, कमजोर स्मरणशक्ति, अरुचि, कडा ज्वरोआदि कारण पनि बढी पसिना आउँछ । तेलयुक्त मसलादार खाना निरन्तर खाइयो भनेपनि पसिना बढी आउँछ ।, यसबाहेक थायोराइड गन्थ्री बढी सक्रिय भयो भने धेरै पसिना आउँछ ।

किन आउछ पसिना वाट दुर्गन्ध रु

शरीरको बाहिरी भागमा मृत छालाको पत्र हुन्छ । धेरै पसिनाले छालाको यो पत्रलाई ओसिलो बनाउँछ र यसैबाट दुर्गन्ध उत्पन्न हुन्छ ।

ओसिलो ठाउँमा ब्याक्टेरियाले हुर्किने अनुकूल वातावरण पाउने हुँदा त्यहाँ दुर्गन्ध उत्पन्न हुन्छ । बढी पसिना आउनेले नियमीत रुपमा शरीरको सरसफाई गरेनभने यस्ता ब्याक्टेरिया हुर्किन पाउँछन् । विशेषगरी पैताला, काछ, काखी र हत्केलामा बढी पसिना आउने भएकाले यी अंगका सरसफाईमा बढी ध्यान दिनुपर्छ ।
बढी पसिना आउन नदिन के गर्ने रु
बढी पसिना आउन नदिने सबैभन्दा उत्तम उपाय शरीरलाई शितल राख्नु हो । यसका लागि घाम चर्किएको बेला काम नगर्ने, दौडधुप र व्यायाम कम गर्ने, शितलमा बस्ने, नियमित नुहाउने, पानी अथवा पानीयुक्त फलफूल बढी खाने, राती अबेरसम्म नबस्ने, धेरैबेर भोकै नरहने, मसलादार र बरफयुक्त खाना धेरै नखाने, खानामा लसुनको मात्रा कम र दही, अदुवा र प्याजको मात्रा बढाउने गरियो भने पसिनाको मात्रा घटाउन सकिन्छ । यस्ता उपायबाट पनि पसिना आउन कम भएन भने डाक्टरको सल्लाहमा एल्युमिनियम क्लोराइडयुक्त एन्टिपर्सपाइरेन्ट औषधी सेवन गर्नुपर्छ ।(स्वास्थ्य खबरपत्रिका

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१