उपत्यकामा दैनिक १५० जनाभन्दा बढी कुकुरको टोकाइबाट पिडित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ जेष्ठ २०७३, मंगलवार १४:५४
काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक १५० जनाभन्दा बढी कुकुरको टोकाइबाट उपचारका लागि आउने गरेका छन् ।kukkur
 
यसका लागि काठमाडौँ महानगरपालिकासँगको समन्वयमा कुकुर नियन्त्रणका विभिन्न कार्यक्रम भइरहे पनि प्रभावकारी हुन सकेको छैन । अस्पतालका निर्देशक डा केदारप्रसाद सेन्चुरीका अनुसार करिब २०० बिरामीमध्ये १५० भन्दा बढी बिरामी कुकुरको टोकाइका कारण अस्पताल आउँछन् ।
 
अस्पतालमा आउने अधिकांश बिरामीको उपचार सफल हुने गरेको भए पनि गत वर्ष रेबिजको लक्षण देखिइसकेकाले चार जनाको मृत्यु भएको उनले जानकारी दिए ।
 
बिरामीमध्ये सर्पको डसाइका कारण दैनिक पाँच जनासम्म उपचारका लागि अस्पताल आउने गरेका छन् । ‘सर्पको टोकाइका बिरामी काठमाडौँ उपत्यकाभन्दा पनि बाहिरी जिल्लाका बढी आउँछन् उनले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१