लस एन्जल्स । नेवा: अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा श्रीपशुपतीनाथ तथा बुद्ध मन्दिरमा रक्तदान कार्यक्रमको आयोजना भएको छ “रक्त दान जीवन दान” भन्ने नारा को साथ शुरु गरिएको यस कार्यक्रम मा पचासमाभन्दा बढी व्यक्ति रक्तदान गर्न उपस्थित भएकोमा ३० जनाले मात्र रक्तदान गर्न पाउनु भएको थियो ।अगस्ट २०१२ देखि हरेक तीन महिनाको फरकमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको संस्थाले पछिल्लो पटक २४ जनवरी २०१६ मा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । “आफ्नो संस्कृति संरक्षणका साथमा विविध सामाजिक कार्यलाई निरन्तरता दिंदै आइरहेको संस्थाले आगामी दिनमा समेत सबैको सहयोग र सद्भावमा रक्तदान, म्हपूजा जस्ता कार्यक्रम गर्दै जाने” संस्थाका महासचिव बिमल श्रेष्ठले बताए ।हरेक व्यक्तिले गरेको रक्तदानले तीन जनाको जीवन रक्षा हुने गर्दछ । अमेरिकी नियम अनुसार रक्तदान गर्न अमेरिकामा बस्न थालेको ३ वर्ष हुनुपर्ने तथा लगातार एकबर्ष अमेरिका बाहिर नगएको हुनु पर्दछ । सामान्य अवस्थामा ६ हप्ता पछि पुन: रगत दिन सकिने भए पनि प्लेटलेट चाही हरेक दुई साता पछि दिन मिल्दछ ।
प्रतिक्रिया