उपत्यकामा चोरको बिगबिगी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ जेष्ठ २०७३, मंगलवार ०८:३८

चोरकाठमाडौं ४ जेठ । राजधानीमा चोरीका घटनामा बढेका छन् । आइतबार मात्र काठमाडौं र ललितपुरमा पाँच स्थानमा चोरी भएका छन् ।

बानेश्वसस्थित नारायणेश्वरमार्ग बस्ने प्रेम शर्माको घरमा आइतबार कोही नभएको अवस्थामा ढोकाको ताल्चा फुटाइ चोरी भएको छ ।

नगद २५ हजार रुपैयाँ र सुनका गहनासमेत गरी करिब दुई लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको उजुरी प्रहरीमा परेको छ ।

काठकाडौं महनगरपालिका ३४ अमरदीपमार्ग डेरा गरी बस्ने दिव्वेश्वरी आचार्यको कोठामा आइतबार नै चोरी भयो । घरमा कोही नभएको अवस्थामा कोठाको ताल्चा फुटाई नागद ३० हजार रुपैयाँ र सुनका विभिन्न गहनासमेत गरी करिब दुई लाख २२ हजार रुपैयाबराबरको धनमाल चोरी भएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१