काठमाडौं । दुई वर्ष आरोहण शून्य भएको सर्वोच्च शिखर सगरमाथामा यसपालि संसारभरका करिव ७ सय आरोही एकै दिन जम्मा हुदाँ फेदीबाट चुचुरो आवागनमा आरोहीको भिड लागेको छ ।
यसपालि वसन्त ऋतुमा सगरमाथा शिखर चुम्न गत वर्ष चैतबाटै त्यातिर लम्केका आरोही अहिले आधार शिविर दिनहुँ उकालो लागिरहेका आजको नागरिक दैनिकमा समाचार छ । चुचुरो पुग्ने ‘लालसा’ र पुगेपछि र्फकने हतारोका कारण बाटो जाम हुन थालेको छ ।
गएको ६ दिनमा आरोहण गतिविधिबाट यो प्रष्ट हुन्छ । गत बुधबार देखि सोमबार सम्म विभिन्न देशका ८८ आरोहीले सगरमाथा शिखरमा विजयी झन्डा फहराएका छन् ।
यसमा विदेशी भन्दा नेपालीको संख्या धेरै छ । सबैले दक्षिणपूवी मोहोडा नेपाली भागबाट आरोहण गरेका हुन् । आधारशिविरबाट चुचुरो पुग्ने र र्फकने बाटो एउटै हुन हुँदा पनि जाम हुने गरेको हो ।
प्रतिक्रिया