नेपालले पायो टी-ट्वान्टी क्रिकेट खेल्ने राष्ट्रको स्तर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ असार २०७१, आईतवार १०:२१

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपाललाई ट्वान्टी ट्वान्टी क्रिकेट खेल्ने राष्ट्रको स्तर प्रदान गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अध्यक्ष एन श्रीनिवासको अध्यक्षतामा भएको बैठकले नेपाललाई यो स्तर दिने निर्णय गरेको हो। नेपालसँगै नेदरल्यान्ड्सले पनि ट्वान्टी ट्वान्टी क्रिकेट खेल्ने राष्ट्रको स्तर प्राप्त गरेको छ। आइसिसीको मेलबर्नस्थित मुख्यालयले शनिबार बिहान यो निर्णय गरेको हो।10489920_797324393625338_5979810655260606364_n
‘आइसिसी बोर्डले बंगलादेशको टिट्वान्टी विश्वकपमा छानिएका नेपाल र नेदरल्यान्ड्सलाई टी ट्वान्टी स्तर दिन स्वीकार गरेको छ। अब ८ वटा एसोसिएट्स राष्ट्रले टिट्वान्टी खेल्न पाउनेछन्,’ आइसिसीको विज्ञप्तिमा उल्लेख छ। अब १० टेस्ट खेल्ने राष्ट्रसँगै ८ एसोसिएट राष्ट्रले टिट्वान्टी खेल्न पाउनेछन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१