३५ वर्ष लागेकी सन्नीका १२ कुरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ जेष्ठ २०७३, मंगलवार ०५:४१

sannyपोर्नस्टार हुँदै भारतीय टेलिभिजन रियालिटी शोबाट बलिउड छिरेकी सन्नी लियोनी यसै महिनाबाट ३५ वर्ष लागिन्। उनी १३ मे मा सन् १९८१ मा क्यानडाको एक पंजाबी परिवारमा जन्मिएकी थिइन्। भारतमा उनलाई मनपराउने र मननपराउनेहरूको उल्लेख्य जमात छ। बलिउडमा हालसम्मको उनको करियर राम्रै चलिरहेको छ। उनी व्यस्त छिन् जसका बारेमा धेरै जानकार नै रहेका छन्।

व्यवसायिक पाटोका धेरै कुरा जगजाहेर भएपनि उनका केहि व्यक्तिगत कुरा धेरैलाई थाहा छैन्। उनका बारेमा कमE व्यक्ति जानकार रहेका केहि तथ्यहरू यस्ता छन्।

१.       सन्नी कुने समय अमेरिकाको क्यालिफोर्नयामा सकर (फुटबल) लिग खेल्थिन्।

२.       वयस्क फिल्ममा आउनु अघि उनी जर्मन बेकरीमा काम गर्थिन्। त्यतिबेला उनी १५ वर्षको थिइन्।

३.       वयस्कहरूका लागि लक्षित चर्चित पत्रिका पेन्टहाउसको मुखपृष्ठमा ‘कभर गर्ल’ बनेपछी सन्नीले आफ्नो परिवारलाई आफू पोर्नस्टार बन्न चाहेको बताएकी थिइन्।

४.       सन्नी ४२ वयस्क फिल्ममा काम गर्नुका अलावा ४१ वटा वयस्क फिल्मको निर्देशन गरेकी छन्।

५.       सन्नी पहिलो पल्ट सन् २००५ मा भारतीय टेलिभिजनमा देखिएकी थिइन्। उनी एमटिभी अवार्डसको रेड कार्पेट प्रिमियरमा रिपोर्टर बनेकी थिइन्।

६.       निर्देशक मोहिर सुरीले हिट फिल्म ‘कलयुग’का लागि सन्नीलाई प्रस्ताव गरेका थिए तर सन्नीले एक मिलियन डलर अर्थात करिब १० करोड नेपाली रूपयाँ पारिश्रमिक मागिन जुन मोहितलाई धेरै लाग्यो। पछि सो भूमिकामा दिपल शाहले अभिनय गरिन्।

७.       सन्नी लियोनी आमिर खानकी प्रशंसक हुन्। उनी आमिर खानको ‘दिल’ हेरे पश्चात उनको प्रशंसक बनेकी हुन्।

८.       सन्नीले आफ्नो दोस्रो फिल्मका लागि एविएम नामक अवार्ड जितेकी थिइन्। सो अवार्डलाई व्यस्क फिल्म उद्योगको ओस्कार मानिन्छ।

९.       सन्नी आफ्ना पति ड्यानियलसँगको पहिले डेटमा जानाजान ढिलो गाएकी थिइन्। उनी ड्यानियलबाट उस्तो प्रभावित थिइनन्। यस घटनाको २ वर्षपछि उनले ड्यानियलसँग विहे गरिन्।

१०.   ‘बिग बोस ५’ मा आउनु अघि सन्नीलाई कमै मान्छेले मात्र चिन्थे। बिग बोसमा आएपछि मात्र उनी एक पोर्न स्टार हुन भने मानिसले थाहा पाएका थिए।

११.   हरर फिल्म ‘रागिनी एमइमएस-२’मा काम गरेकीसन्नीलाई भूतप्रेतमाथि विस्वास लाग्दैन।

१२.   भूतप्रेतमा विश्वास नगर्नी सन्नीलाई किरा फट्याङ्रासँग धेरै डर लाग्छ। उनलाई त्यसको फोबिया छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१