ड्वाचे खानेपानी आयोजना जनता सामु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ जेष्ठ २०७३, सोमबार २०:२४

rameshनुवाकोट । नुवाकोट जिल्ला क्षेत्र नं २ अन्तर्गतका ७ वटा गाँउ बिकास समितिमा पानी नपाएर तड्पी रहेका जनताका सुविधाका लागि निर्माण कार्य भई रहेको बहुप्रतिक्षित खानेपानी आयोजना ड्वाचे खानेपानी आयोजनाू विभिन्न चुनौतीका बाबजुद पनि बागेश्वरी गाँउ बिकास समितिको चोगदेको माथिल्लो भागमा निर्माण गरीएको मुल ट्याङ्कीमा पानी खसालिएको छ । रसुवा मुहान भएको यस खानेपानी आयोजनाबाट लच्याङ, नर्जा मण्डप, बागेश्वरी, हल्देकालिका, खानीगाँउ, गेर्खु र बिदुर नगरपालिकाको वडा नम्बर २ का जनताहरू लाभान्वित हुनेछ्न ।   यो आयोजना सम्पन्न गराउनु कांग्रेस नेता डा. रामशरण महतका लागि स्वर्णीम सपना थियो जो आज पूरा हुँदैछ । डा.महतले चुनावी दौडानमा ड्वाचे खानेपानी आयोजनालाई जनता सामु प्रस्तुत गर्दा प्रतिपक्षका नेता कार्यकर्ताहरूले ड्वाचे खानेपानी आयोजना भनेको कांग्रेस को भोट माग्न लाई बनाएको झुटको खेती हो भनेर भाषण गर्थे तर आज ड्वाचे खानेपानी आयोजनाले साबित गरी दिएको छ कांग्रेस बिकासको लागि राजनीति गर्छ बिनासका लागि होइन ।   जनता नै जनार्दन हुन भन्ने सोच लिएर अगाडी बढ्नु भएका डा।महतको यस कार्यले हजारौ जनताहरू पानी नपाएर मुख सुकाई रहेको अबस्थामा सहज तवरबाट पानी पिउने वातावरण सृजना भएको छ । mahatसपना सपनामै सिमित राखेको भए आज सफल हुने थिएन तर सपनालाई बिपना बनाउनका लागि गहन जिम्मेवारी बहन गर्नु हुने नेपाली कांग्रेसका यूवा नेता रमेश कुमार महत, खानेपानी आयोजनाका समितिका सम्पूर्ण पदाधिकारीहरू र त्यस भेगका जनताहरूको योगदानलाई पनि भुल्नु हुँदैन । यस्ता कार्यहरूले डा. महतलाई मात्र नभई सिङ्गो नेपाली कांग्रेस पार्टी र पार्टी प्रति आस्था राख्ने जनताहरूको भावनालाई नै उच्च बनाउछ।बिकास निर्माणमा सबै जना एक जुट हुन सकेको खण्डमा यसरी नै कार्यहरू सफल बनाई अगाडी बढ्न सक्ने छौ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१