पत्थरको इश्वर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ जेष्ठ २०७३, सोमबार १५:००
हे इश्वर कहिले तिमि छौ झैँ लाग्छ
अनि फेरी कहिले लाग्ने गर्दछ कि तिमि छैनौ
न मैले खोज्दै हिडेर तिमीलाई भेट्टाए
न तिमि नै आफ्नो अस्तित्व दाबी गर्न आयौ
अस्ति भर्खरको कुरा हो म आफ्नो शिर ठोक्दै रुदै थिए
कसैले भन्यो यो त नियतिको खेल हो आदि आदि….
यदि नियति नै तिमि हौ भने त्यो किन पीडादायी हुन्छ
यदि तिमि त्यो हैनौ भने नियति किन भोग्न पर्छ
मानिसहरु भन्ने गर्छन यो सृष्टि तिम्रो रचना हो
त्यसो भए किन यति धेरै पिडा छ यहाँ ?
तिमि असाध्यै सुन्दर छौ मैले तस्विरमा देखेको छु
तर तिम्रो रचना किन यति घिनलाग्दो अनि कठोर?
तिम्रा सन्तान छाती पिटी पिटी रुंदा तिम्रो मुटु फुट्दैन ?
हुन् त् तिम्रो स्वरूप नै पत्थरमा कोरिएको छ हैन र….

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१