एप डाउनलोड गर्नु निकै खतरनाक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ जेष्ठ २०७३, सोमबार ११:३४

जब कोही एप डाउन लोड गर्छ, तब तपाईँको स्मार्टफोनबाट कोही जानकारीको खोजीमा रहन्छ । उक्त स्वीकृतिका लागि तपाईँसँग स्वीकृति माग्छ, तब तपाईँ स्वीकृति प्रदान गर्नुहुन्छ ।

स्वीकृति लिष्ट देखेर तपाईले एप डाउनलोड गर्नेबारेमा सोंच्न जरुरी छ । तपाईँलाई जानकारी नभएको एप डाउनलोड गर्नु निकै खतरनाक हुन सक्छ । एप तथा मोबाइल उत्पादन कम्पनीले यो पुरै प्रक्रियामा आफ्नो ब्यापारको मौका पर्खिरहेको हुन्छ ।

जब तपाईँको खरिद पूरा हुन्छ, तब तपाईँको क्रेडिट तथा डेबिट कार्डको बारेमा पनि ई–कमर्श कम्पनीले पूरै जानकारी प्राप्त गर्छ । तपाईँले एप डाउनलोड गर्दा तपाईँको फोन नम्बर, इमेल तथा सम्भवतः तपाईँको फोनको सबै नम्बरको बारेमा उसले जानकारी लिइसकेको हुन्छ ।
यदि तपाईँले कुनै पनि वेबसाइटको एप डाउनलोड गर्नुहुन्छ भने उक्त एपले तपार्इँको मोबाइल तथा स्मार्ट फोनबाट जानकारी अवश्य पनि लिने गर्छ ।

त्यस्तो एप डाउनलोड गरेपछि तपाईँको मोबाइलमा आएका कुनै पनि एसएमएस त्यो एपले पढ्न सक्छ । यदि तपाईँले फ्लिपकार्डको एप डाउनलोड गर्नु भयो भने तथा कुनै अमेजनबाट सामान खरिद गर्नुभयो भने पनि फ्लिपकार्डसम्म तपाई सबै सूचना पुग्ने गर्छ ।

तपाईँले आफ्नो मोबाइल वा ट्याबलेटबाट कुनै सामान खरिद गर्नको लागि खोजी गर्नुहुन्छ भने एक विशेष सफ्टवेयर तपाईँलाई मनपर्ने कुरामा पनि नजर राख्ने गर्छ ।

तपाईँको डिभाइसको इन्टरनेट प्रोटोकल एड्रेसबाट वेबसाइटको तपाईलाई मनपर्ने कुराबारेमा पनि पत्ता लगाउन सक्छ । त्यही जानकारीको आधारमा वेबसाइटले तपाईको त्यसही सामान देखाउँछ ।

यदि तपाईको बैंकसँग सम्बन्धित एसएमएस पनि त्यही मोबाइलमा आउँछ । तपाईँको बैंक ब्यालेन्स कति छ भन्नेसमेत उक्त एपसँग पुग्न सक्छ । त्यही एपबाट नै बैंकमा तपाईँको प्रत्येक पटक कति पैसा जम्मा भएको छ भन्ने समेत उक्त एपले पत्ता लगाउन सक्छ ।

एपको वा बैंकको अथवा कुनै पनि ई–कमर्स वेबसाइटले तपाईँको प्रोफाइल तयार गर्न मद्दत गर्छ । एक पटक यो प्रोफाइल तयार भएपछि तपाईँको बारेमा उसलाई अरु जानकारी प्राप्त गर्न धेरै नै सजिलो हुन जान्छ । त्यसकारण सबै एप डाउन लोड गर्नु निकै नै खतरनाक हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१