काठमाडौँ । जहाजबाट यात्रु उडानमा लगाएको प्रतिबन्ध हटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
सिंगल इन्जिनका वायुसेवा कम्पनीद्धय गोमा र मकालु एयरले संयुक्त रुपमा दिएको रिट निवेदनमा सर्वोच्च अदालतले आइतबार अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चका न्यायाधीशद्धय देवेन्द्रगोपाल श्रेष्ठ र चालेन्द्रशमशेर जवराको संयुक्तको इजलासले सिंगल इन्जिनका वायुसेवाबाट चार्टर गरी यात्रु उडाउन नपाउने गरी पर्यटन मन्त्रालयले लगाएको प्रतिबन्ध हटाउन सरकारका नाममा आदेश गरेको छ।
प्रतिक्रिया