बाढीले बगाउदा बालीकाको मृत्यू एक महिला बेपत्ता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ जेष्ठ २०७३, आईतवार १६:२९

सम्राट सिंह / बझाङ २ जेठ ।  शनिवार साझ परेको ठुलो वर्षा संगै आएको बाढीका कारण एक बालिकाको बगेर मृत्यू भएको छ भने एक महिला बेपत्ता भएकी छन ।
खोलामा नुहाएर घर फर्किदै गरेकी रायल गाविस वडा नं ५ कि ८ वर्षिय बालिका अनिता रावललाई कोलापानी खोलामा एक्कासी आएको बाढीले बगाएको थियो । बालिकाको शव फेला परिसकेको प्रहरीले जनाएको छ ।
यस्तै घट्ट पिस्न गएको वेला एक्कासी आएको बाढीले घट्ट नै बगाउदा सुनकुडा ३ उडिकी ३० बर्षिया झिमा ढांट बेपक्ता भएकी छन । शनिवार सांझ करिव ७ वजे तिर आएको बाढीले उडीगा“उ नजिकै रहेको घट्ट बगाएको थियो । ८ जनाको समुहमा घट्टमा रहेका महिलाहरु भागेर बांच्न सफल भएको झिमाकी आफन्त हासुली ढांटले बताएकी छन ।
झिमाको स्थानिय बासिन्दा र प्रहरीले अहिले पनि खोजी गरिरहेको प्रहरी नायव उपरिक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिएका छन ।
यस्तै ठुलो बर्षाका कारण सडकमा पहिरो खस्दा रायल गाविस नजिक जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध भए पछि बझाङबाट धनगढी, काठ्माण्डौ र महेन्द्रनगरका लागी छुटेका वसहरु र विभिन्न ठांउबाट बझाङ आएका गाडीहरुको रायलमा लाम लागेको बताइएको छ । सडकको अवरोध हटाउने काम भैरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१