“ग्लोकल टिन हिरो“ को दोश्रो सँसकरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ जेष्ठ २०७३, शनिबार २१:०३

gokul काठमाडौं  ।
ग्लोकल प्राली द्वारा प्रवर्धन गरिएको ग्लोकलखबरले सुरुवात गरेको “वाइवाइग्लोकल टिन हिरो“ले किशोर किशोरीमा रहेको अन्तर्नि्हित प्रतिभाको कदर गरेर उनीहरुलाई अघि बढाउने बातावरणको निर्माण गर्दछ । यस मार्फत किशोर किशोरीलाई आफ्नै प्रयास, सीप र प्रतिभामार्फत उध्यमशिलता र आत्मबलप्रदानगर्दै हाम्रो देशमा रहेका अन्यकिशोर किशोरीलाई सकारात्मक सन्देश दिने अवसर मिल्नेछ ।
नौलो सोचबाट अभिप्रेरित यस कार्यक्रमले दोश्रो सँस्करण सुरु गरेको छ । किशोर किशोरीमा रहेको नबिन सोच,गहन इच्छा शक्ती र धैर्यताको सम्मानगर्दै उनीहरुलाई अगाडि बढाउने ध्येयका साथहामीलागिरहेका छौ । सत्र बर्षकीबालअधिकारकर्मी बिपनाशर्मालाई अघिल्लो बर्षको “प्रथमग्लोकल टिन हिरो“ उपाधीप्रदानगरिएको थियो ।
यस बर्षको प्रबर्धनात्मकयोजनाअनुसार काठमाडौं उपत्यकाबाहेक हामी छ वटा अन्यगन्तब्य ( पोखरा, चितवन, भैरहवा, बिराटनगर, बिरगन्ज र जनकपुरसम्मपुगेर किशोर किशोरिलाई रास्ट्रिय स्तरको प्रतीस्पर्धात्मकमन्च खडा गर्नेछौ । यसले बढीभन्दा बढी इच्छुक किशोर किशोरीलाई समेट्नेछ ।
चौधरी ग्रुप र ग्लोकलप्रालीबिचमुलप्रायोजनकालागि सम्झौतापत्रमा हस्ताक्षर गर्दै ग्लोकल टिन हिरोको अभियानलाई “वाइवाइग्लोकल टिन हिरो २०१६“का रुपमा अघि बढाइने भएको छ ।
कार्यक्रममाहोटेल सोल्टी क्राउनप्लाजा र ग्लोकलप्रालीबिच हस्पीटालिटि पार्टनरको लागि सहकार्यताभएको छ ।
वाइवाइग्लोकल टीन हिरोकी सँयोजककाजोल झाले ख्यातीप्राप्त र प्रतिष्ठित संस्थासँग सहकार्य गरेर गौरवान्दित महसुस गर्दै भन्नुभयो, “हामीले यो सहकार्यलाई हाम्रो लक्ष्य एक कदम अगाडि पुगेको महसुस गरेका छौ । यो बर्षको हाम्रो ग्लोकल टीन हिरो को अभियान सफलतापुर्वक सम्पन्नहुने छ ।
ग्लोकल टीन हिरो २०१६को आबेदन जेष्ठ २, २०७३ मा खुला गरिनेछ ।yaya

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१