काठमाण्डौ । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) को नाट्टा मिडिया एण्ड पब्लिसिटी कमिटिको पहिलो वैठक नाट्टाको सचिवालयमा सम्पन भएको छ । बैठकमा नाट्टाका महासचिव तथा मिडिया पब्लिसिटी कमिटीका अध्यक्ष भिमप्रसाद पन्तले नाट्टा र मिडियाहरुको सम्बन्ध मजबुत बनाउन र पर्यटन पवद्र्धनको लागि नाट्टाको भुमिका थप प्रभावकारी होस भन्नको लागि यो कमिटी गठन गरिएको बताउनुभयो । नाट्टा मिडिया एण्ड पब्लिसिटी कमिटिले केहि दिन भित्रनै तत्कालै आवश्यक कार्ययोजना बनाई कार्य गरिने बताए ।नेपालका पर्यटकीय सम्पदाको प्रबद्र्धनमा पर्यटन पत्रकारहरुसँग हातेमालो गरेर अगाडि बढ्ने बताए ।
त्यसैगरी नाट्टाका सचिव सुधिर कुमार उपाध्यायले नाट्टाले पर्यटन प्रर्वद्धनको लागि ससक्त रुपमा अगाडि बढिरहेकोले सम्पुर्ण मिडियाका साथीहरुलाई सहयोग गर्नको लागि आग्रह गर्नुभयो ।
उहाँले मिडियासँग आत्मिय सम्बन्ध गाँसेर अघि बढ्ने समेत बताउनुभयो । त्यसैगरी नाट्टा मिडिया एण्ड पब्लिसिटी कमिटीका सदस्य तथा राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा ) का केन्द्रिय अध्यक्ष मुकुन्द ढुंगानाले नाट्टाले पहिलोपटक प्राइभेट मिडियाहरुलाई समेट्ने प्रयास गरेकोमा प्रशंसा गर्दै सोसल मिडियाले एकछिनको सूचना मिनेट र सेकन्डमानै सबैले थाहा पाउने मध्यम अनलाईन भएकोले अबको जमाना अनलाइनको विकल्प अरु केहि हुन नसक्ने जिकिर समेत गर्नुभयो । ढुंगानाले पर्यटन क्षेत्रको प्रबद्र्धन र विकासका लागि यसै क्षेत्रमा दख्खल राख्ने पर्यटन पत्रकारहरुको साथ र सहयोग महत्वपूर्ण हुने भन्दै आगामि दिनमा सोहि किसिमका कार्यक्रम अगाडि बढाउन समेत कमिटीलाई जानकारी गराएका थिए । नाट्टाले भिम प्रसाद पन्तको अध्यक्षतामा ११ सदस्यिय कमिटी गठन गरेको छ ।
प्रतिक्रिया