बजारको आँप खादै हुनुहुन्छ ? खानु अघि एकपटक पढ्नुस !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ जेष्ठ २०७३, शनिबार ०६:२८

aapaजनकपुर ।  काचो आँपलाई व्यावसायिक प्रयोजनका लागि अहिले अमृतबाट विष बनाउँदै स्थानीय बजारमा खुलेआम बिक्री भइरहेकाले उपभोक्ता यस्ता आँप प्रयोग गरी मन्द विषको सिकार बन्दै गएका छन् ।

प्राकृतिक रुपमा आँप पाक्ने समय असार अन्तिमदेखि भदौ महिनासम्म हो । तर यहाँको बजारमा वैशाखको सुरुदेखि नै रसायन हाली पकाएका आँप भित्रिने गरेको छ । विषालु रसायनयुक्त आँपप्रति धेरैले ध्यान नदिँदा हानिकारक हुने गरेको छ । मन्द विष हालेर बिना रोक टोक बजारमा आँप बिक्री भइरहेको छ। यस्ता आँप खाँदा पेट दुख्ने, बान्ता आउने तथा स्वास्थमा प्रतिकूल असर पार्ने भएकाले  बिक्रि वितरणमा रोक लगाउनुपर्ने विज्ञहरु  बताउँछन् ।

काँचो आँपमा क्यालसियम कार्बाइडजस्ता रसायन मिसाएर पकाउने गरिन्छ । कार्बाइड हालेको आँप खानु विष खानु सरह भएको र बढी पेटमा प्रभाव पार्ने हुँदा नखान डाक्टरहरुले  सल्लाह दिन्छन् । आयुर्वेद शास्त्रअनुसार प्राकृतिक रुपमा पाकेको आँप गुलियो, शरीरको कान्ति बढाउने, पित्तनासी, मुटुलाई बलियो बनाउने जस्ता फाइदा दिन्छ । भारतको पश्चिम बङ्गालबाट बम्बइ, मेटल, हिमसागर, लखनभोगलगायत आँप नेपाल आयात हुन्छ । स्थानीय बजारमा प्रतिकिलो आँप १ सयदेखि १ सय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

कार्बाइड नामक रसायन काँचो आँपमा राख्दा चौबिस घन्टामै पाक्छ र व्यापारीले बढी आर्थिक लाभ लिने कारणले रसायन हाली बिक्री गर्ने गरेका छन् । समयमै पानी नपरेका कारण यस्ता आँपको बिक्री गत वर्षभन्दा ६० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१