राष्ट्रवादी नयाँ शक्तिका लागि पाञ्चायन पुजा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ बैशाख २०७३, शुक्रबार १९:४१

rastabyapiबर्दिया ।  स्वतन्त्र नेपाली नागरिक राकेश कुमार शर्माले राष्ट्रवादी नयाँ शक्तिका लागि गुलरियामा शुक्रबार पाञ्चायन पुजा गरेका छन् । नेपाल सरकार, सांसद र राजनीतिक दलहरुका नेताहरुका कारण मुलुकको स्वाधिनता धरापमा परेको पुजा गर्दै शर्माले बताए ।
नेताहरु र सभासद (सांसद) हरुले अर्बौ खर्बौ डलर खाएर हिन्दु राष्ट्रलाई हटाएर जर्बजस्ती धर्मनिरपेक्षता लादे, पाँच वटा विकाश क्षेत्रबाट सात वटा प्रदेश बनाए । दोस्रो संविधान सभाबाट वि.सं. २०७२ साल असोज ३ गते संविधान जारी पश्चात पनि मुलुकमा आन्दोलनरत दलहरुलाई नेपाल सरकार र शीर्ष नेताहरुले समेट्न नसकेको र द्वन्द्वको अन्त्य गर्न नसकेकोले मुलुकमा थप जटिल परिस्थिति र मुलुक जर्जर अवस्थामा रहेको शर्माले बताए । हाम्रो मुलुकको इतिहासमा नै २०५२ सालदेखिको संक्रमण काल अवस्था आजसम्म रही आएको र अझै कतिन्जेल संक्रमणकाल अवस्था रही रहने हो ? यस संक्रमणकाललाई हटाउन नसकेको मुलुकमा अराजकता, अस्थिरता, पेट्रोलियम पदार्थहरु, ग्याँसहरुको व्यापक कालोबजारी तथा बसभाडा वृद्धि जस्ता समस्याहरु देखिएको समेत शर्माले बताए । यस समस्याहरुलाई सुल्झाउन, मुलुकलाई निकास दिन नसकेको र अनिर्णयको बन्दी बनाइराखेकोले नेपालमा राजनीतिक दलहरुको सरकार, सांसद र नेताहरु मुलुक चलाउन र मुलुकलाई निकास दिन असफल भएकाले अब नेपालमा मुलुकको हित र रक्षाका लागि श्री ५ पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र र जंग बहादुर राणा आदि आदि जस्ता राष्ट्रवादी नयाँ शक्तिको आवश्यकता रहेकोले पाञ्चायन पुजा गरिएको हो । पुजा जनार्दन पण्डितले गराएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१