चिकित्सा शिक्षा आयोगले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन प्रति मेडिकल एशोसिएसनको आपत्ति

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ बैशाख २०७३, शुक्रबार १०:३७

स्वदेशमा अध्ययन गर्न पाउने विद्यार्थीको नैसर्गिक अधिकारलाइ हनन गरेको आरोप ।

काठमाण्डौं, ३१ बैशाख  ।
चिकित्सा शिक्षा आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनको प्रतिवेदन प्रति मेडिकल एशोसिएसनले आपत्ति जनाएको छ । एशोसिएनको बैठक बसी नेपाल सरकारद्धारा गठन गरिएको चिकित्सा शिक्षा आयोगले बिहिवार राष्ट्रिय चिकित्सा शिक्षालाई ब्यवस्थित गर्न बनेको विद्येयकलाई अन्तिमरुप दिई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदन प्रति आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्ती जारी गर्दै एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले समिति गठन प्रक्रिया नै गलत रहेकोले विद्येयकमा उल्लेखित अधिकांस बुदाहरुमा पुनरावलोकन गर्नुपर्ने स्पष्ट पारेको छ । विज्ञप्तिमा भनिएको छ “समिति गठन प्रक्रिया देखिनै हामीले पटक पटक विरोध स्वरुप सम्बन्धित निकाय माझ समिति स्वच्छ र निस्पक्ष नभएको र विद्येयकमा उल्लेखित अधिकांस बुदाहरुमा पुनरावलोकन गर्नुपर्छ भनेर जानकारी गराउँदै आएको कुरा सर्वबिदितै छ” ।

एशोसिएसनले समिति गठन प्रक्रिया प्रति नै आपत्ति जनाउदै बिभिन्न मितिमा सरकार र सम्बन्धित निकायलाई बुझाएको पत्रहरुलाई समेत बेवास्था गरि मेडिकल क्षेत्रका विज्ञहरु संगको राय समेत नलिई हचुवाको भरमा पेश गरेको प्रतिवेदनको घोर भर्सना समेत गरेको छ । यस प्रतिवेदन पुनरावलोकन नभए नेपाली विद्यार्थीलाई स्वदेशमा अध्ययन गर्न पाउने उनीहरुको नैसर्गिक अधिकारलाई बन्चित गर्ने निजी मेडिकल कलेजहरुको भनाई छ । आर्थीक रुपमा पनि अरवौं रुपैयाँ नेपाल बाहिर जाने स्थितिको सृजना प्रतिवेदनले गराएको छ यसमा सम्बन्धित निकाय चनाखो रहन आवश्यक छ एशोसिएसनले भनेको छ । बिज्ञप्ति
एशोसिएसनले छलफल गर्ने समय हुदा हुदै पनि स्वदेशी मेडिकल कलेजहरुलाई बन्द गर्ने र विदेशी मेडिकल कलेजहरुलाई प्रोत्साहन गर्ने उदेश्य सहित प्रतिगामी शैलिमा बुझाएको प्रतिवेदन आफुहरुलाई कुनैपनि कोणबाट मान्य नहुने बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१