नेपाली शंकर गैरे बने बेलायतमा मेयर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ बैशाख २०७३, शुक्रबार ०९:४९

नेपाली बने बेलायतमा मेयरकाठमाडौँ, ३१ वैशाख  । बेलायतमा ट्याक्सी व्यवसाय चलाइरहेका एक नेपाली मेयर बन्न सफल भएका छन् । स्वान्ली टाउन काउन्सिल, केन्टका लागि बुधबार मेयर निर्वाचित शंकर गैरे बेलायतकै इतिहासमा मेयर बन्ने नेपालीमूलका पहिलो बेलायती हुन् ।

गत वर्ष सन् २०१५ मा सत्तारुढ कन्जरभेटिभ पार्टीबाट क्राइस्ट चर्च वार्डको काउन्सिलर बनेका गैरे त्यसै साल उपमेयर र यो वर्ष मेयर बन्न सफल भए ।

स्वान्लीको इतिहासमै कम उमेरमा मेयर बनेका काउन्सिलर जोन बार्नेसले गैरेलाई आफ्नो जिम्मेवारी हस्तान्तरण गरेका थिए । गैरेले पदभार ग्रहण गर्नेबित्तिकै च्याम्बरमा पहिलो बैठक संचालन गरे । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१