नमोबुद्ध नामक पाटे बाघ मार्ने लालबहादुर बिक पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ बैशाख २०७३, शुक्रबार ०९:१४

बाघबर्दिया । बर्दिया राष्ट्रिय निकुन्ज क्षेत्रमा ५ वर्ष पहिले नमोबुद्ध नामक पाटे बाघ मारी फरार रहेका राजबहादुर भन्ने लालबहादुर बिकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले पक्राउ गरेको छ।
बाघ मारे पछि भागेर भारतको हिमान्चल प्रदेशस्थित कोटखाई भन्ने स्याउ फर्ममा बस्दै आएका मुख्य अभियुक्त बिकलाई भारतीय सुरक्षा अधिकारीसँग समन्बय गरेर कन्चनपुरको बनबासाबाट सिआईबीको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका बिकलाई सिबिआइको टोलीले थप कारवाहीका लागि बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्वारमा बुझाएको सिबिआइका डिएसपी प्रबिन पोखरेले बताए ।
बिक सुर्खेत हरिहरपुरका बासिन्दा हुन्। बर्दिया राष्ट्रिय निकुञ्जले पाटे बाघ मारेको कसुरमा बिकलाई १२ बर्ष कैद सजाय तोकिको थियो।
५ बर्ष पहिले सौराहको एक होटलमा घाईते अवस्थामा भेटिए पछि उद्धार र उपचार गरिएको बाघलाई नमोबुद्ध नामाकरण गरिएको थियो।
उपचार पछि तन्दुरूस्त भएको सो बाघलाई २२ जनवरी सन् २०११ मा घाँटीमा रेडियो कलर बाँधेर बर्दिया निकुञ्जको लामीदमार क्षेत्रको प्राकृतिक वासस्थानमा छोडिएको थियो। सो क्षेत्रमा बस्दै आएको बाघलाई घाटीमा झुन्डाइएको स्याटालाईट रेडियोकलरको सहयोगमा निकुन्जले अनुगमन गर्दै आएको थियो।
बाघलाई मार्ने उद्देश्यले अभियुक्त बिकसहित ५ जनाको समूहले सोही क्षेत्रमा गाईको सिनोमा बिष हालेर छाडेका थिए।
बिष हालिएको गाईको सिनो खाए पछि मरेको बाघको घाटीमा झुन्डाइएको स्याटालाईट रेडियोकलर तोडफोड गरी जलाएपछि बाघको हाड, छाला झिकेर अभियुक्त बिकले सोही दिन राति नै रानीघाटसम्म पुर्‍याएर ब्यापारीलाई बिक्री गरेका थिए।
बिकसहितको शिकारीको टोलीले बाघलाई मारेर घाटीमा झुन्डाइएको स्याटालाईट रेडियोकलर तोडफोड गरी जलाइएपछि उपग्रहको माध्ययमबाट आउने सूचनाहरु बन्द भएपछि निकुन्जका प्रशासनले नमबुद्ध बाघ मारिएको आशंका गरी खोजतलास गरेको थियो।
२०६८ जेठ ५ गते मानारासोती हाडेघारी भन्ने स्थानमा हाड छाला निकालिएको अबस्थामा सो बाघको केहि अबशेषहरु फेला परेको थियो। उक्त बाघ मारी त्यसका अंगहरु खरिद बिक्रि गर्ने कार्यमा संलग्न रहेको आरोपमा सुर्खेत हरिहरपुर गोबिन्द शर्मा भण्डारी, चित्रबहादुर अधिकारी, हरी राना र कर्ण बहादुर नेपाली पक्राउ परेका थिए। ती अभियुक्तहरु हाल कारागारमा छन्। सेतोपाटी बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१