हाँस्य कलाकार सुरज भिरखोईरेलाई आफ्नै मायामा डाउट लाग्न थालेको छ । मायामा डाउट बढ्दै गएपछि कति बेला मायालुले आउट गर्दिन्छिन भन्ने कुराले उनलाई सताउन थालेपछि यतिबेला भिरखोईरेलाई तनावभएको छ । तर उनलाई वास्तविक जिवनमा नभई उनले सिर्जना गरेको गित क्रिकेट जस्तो पिरति मार्फत तनाव भएको हो ।
भिरखोईरेको शब्दमा रहेको गित क्रिकेट जस्तो पिरति बजारमा आएको छ । एक नारायणभण्डारिको संगित रहेको उक्त गितमा कुशुम सिम्खडा क्षेत्रि र उमेश अधिकारीको स्वर रहेको छ । तिर्सना म्युजिक प्रा.लि. मार्फत बजारमा आएको गितको शब्दमा मायाप्रेम र क्रिकेट खेललाई तुलना गरिएको छ।
निकै नै रमाईलो रहेको गितको भिडियोमा भिरखोईरे संगै दिपक थापा र करिश्मा ढकालको अभिनय रहेको छ । गितको निर्देशन सिर्जन बरालको रहेको छ भने बजार व्यवस्थापन तिर्सना म्युजिक प्रा.लि.ले गरेको छ।
गितकार भिरखोईरे तनहुँमा रहेर पनि देशका विभिन्न जिलाहरुमा हुने मेला महोत्सवहरुमा दर्शकहरुलाई हसाउदै आईरहेका छन् । साथै उनले विदेशमा भएका केहि साँस्कृतिक कार्यक्रममा समेत आफ्नो कलालाईदेखाईसकेका छन् । यसअघि पनि भिरखोईरेकै शब्दमा मेचि र कोशी बनायो गित बजारमा आएको थियो ।
प्रतिक्रिया