न्यूनतम पारिश्रमिक कार्यान्वयन भएरै छोड्छ : संचारमन्त्री राई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० बैशाख २०७३, बिहीबार १८:४३

DSC09996 काठमाण्डौं,३० बैशाख  । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मन्त्री शेरधन राईले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन सञ्चारगृहहरुले सकारात्मक भूमिका खेल्नु पर्ने बताउनु भएको छ । मिडिया नेपालले विहिवार सूचाना तथा सञ्चारमन्त्रीको कार्यकक्षमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै सूचना तथा सञ्चारमन्त्री राईले मन्त्रिपरिषद्ले गरेका निणर्यप्रति मिडिया सञ्चालक (मिडिया उद्योगी) हरूले गरिरहेका टिका–टिप्पणीलाई आफुले सकारात्मकरूपमा लिएको भन्दै उक्त निर्णय कार्यान्वयन गर्दा कसैकापनि अस्तित्व खतारामा नपर्ने बताउनु भयो । यस विषयमा सबै सञ्चार गृहहरूसँग छलफल गर्ने बताउदै उहाले आगामी साउन १ गतेदेखि कार्यान्वयन हुनमा कुनै शंका नरहेकोे बताउनुभयो ।
उहाँले मन्त्रिपरिषद् बैठकले गरेको निणर्यलाई सकारात्मकरूपमा लिनसमेत सम्पूर्ण सञ्चारगृहलाई आग्रह गर्नु भयो । उहाँले सञ्चार गृहलाई उद्योगको मान्यता दिनेबारे पनि नेपाल सरकारले काम अगाडि बढाइसकेको जानकारी दिनु भयो ।
त्यस अवसरमा मिडिया नेपालले सञ्चारकर्मी तथा सञ्चारगृहहरुले भोग्नु परेका समस्याहरुको समाधान गर्न ध्यानकर्षण गराउँदै १२ बुदे ज्ञापनपत्र मन्त्री राईलाई बुझायो । मिडिया नेपालका तर्फबाट अध्यक्ष गोपाल प्रसाद पौडेलले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री राईले ज्ञापनपत्रमा उठाईएका विषय वस्तु समसामयिक रहेकाले केही विषयहरु तत्काल समाधान गर्ने, केही विषयहरु आगामी बजेट र मन्त्रालयका वार्षिक कार्य योजनामा समावेश गरेर कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । DSC09994
मिडिया नेपालले देशभर छरिएर रहेका राष्ट्रवादी, प्रजातन्त्रवादी, व्यवसायिक एवं श्रमजिवी पत्रकार तथा संचारगृह तथा सञ्चार उद्यमी समेतका समस्या समाधान गर्न ज्ञापनपत्र मार्फत सूचना तथा सञ्चारमन्त्रीको ध्यान माग गरेको बताएको छ ।
ज्ञापनपत्रमा मिडिया नेपालले व्यवसायीक पत्रकारीताका माध्यमबाटराष्ट्र, राष्ट्रियता, प्रेस स्वतन्त्रताका पक्षमा कलम चलाउने श्रमजिवि पत्रकार तथा संचारकर्मीलाई राज्यले सामाजिक सुरक्षा अन्तर्गत विशेष संचारभत्ताको व्यवस्था गर्नु पर्ने , २० बर्ष लगातार पत्रकारिता कार्यमा सक्रिय रहेका अग्रज पत्रकारहरुलाई सूचना विभाग÷नेपाल पत्रकार महासंघ, नेपाल प्रेस काउन्सिल लागायतको विवरण अनुसार राज्यले मासिक रुपमा सामाजिक सुरक्षाभत्ताको व्यवस्था यसै आर्थिक बर्षबाट गर्नु पर्ने माग गरेको छ ।
त्यसैगरी हालै मन्त्रिपरिषदले समेत अनुमोदन गरिसकेका श्रमजीवी पत्रकारहरुको न्यून्तम पारिश्रमिकलाई ब्यवहारमा लागु गराउनका लागि सञ्चारमन्त्रालयबाट यथासक्य चाँडो समन्वयकारी भूमिका निभाईनु पर्ने , समाचार संकलन र उत्पादनमा खटिने सबै सञ्चारकमीृहरुलाई सूचना विभागबाट डिजिटल डिजिटल प्रसपास दिईनु पर्ने , पे्रस काउन्सिलको प्रमुखमा अनुभव प्राप्त पत्रकारलाई नै नियुक्त गरिनु पर्ने र सदस्यहरुमा महिला, आदिवासी, जनजाति, मधेशी, मुस्लिम, दलित,पिछडावर्ग आदि समुदाय अन्तरगतका पत्रकार, संचारकर्मीलाई विशेष प्राथामिकता प्रदान गरिनु पर्ने माग गरेको छ ।DSC09992

त्यसैगरी मिडिया नेपालले हाल रहेको ब्यवस्थालाई अझ बिस्तार गरी अनुभवी पत्रकारलाइ प्रत्येक मन्त्रालय, बिभाग, संस्थान, जिल्ला प्रशासन कार्यालय, जिबिस, नगरपालिकामा प्रेस संयोजक÷संचार बिज्ञ, तथा प्रेस सल्लाहकार राखिने ब्यवस्था गरिनु पर्ने, सरकारी संचारमाध्यम तथा गैर सकारी संचारमाध्यममा आवद्ध संञ्चारकर्मी, समाचार कक्ष समावेशी भए नभएको अध्ययन अवलोकन र अनुगमन संचार मान्त्रालयबाट गरिनु पर्ने माग उठाएको छ ।
मिडिया नेपालले संचारमाध्यम दर्ता गर्ने बेलामा नै सो संचारमाध्यम कस्तो प्रकृतिको हो त्यसमा कति संचारकर्मी रहने त्यो बराबरको धरौटी रकम जम्मा गर्नु पर्ने नियम लगाइ कुनै पनि संचारकर्मीले निरन्तर तीन महिनासम्म न्यूनतम पारिश्रमिक नपाएको खण्डमा राखिएको धरौटी रकमबाट उक्त संञ्चारकर्मीलाई भुक्तानी दिने प्रावधान मिलाउनु पर्ने ,संञ्चारकर्मी तथा संञ्चारमाध्यम माथि बढ्दै गएको आक्रमणको घटनाहरुलाई रोक्न विशेष संचार सुरक्षा योजना ल्याइनु पर्ने , संचारमाध्यममा कार्यरत महिला पत्रकारहरुलाई विशेष सुविधाको व्यवस्था गर्नु पर्ने माग गरेको छ । त्यसै गरी मिडिया नेपालले नेपाल सरकार र सूचना तथा संचार मन्त्रालयद्धारा प्रत्येक बर्ष संचारकर्मीहरुको संस्थाहरु, जस्तै नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, क्रान्तिकारी पत्रकार संघ लगायतलाई दिइने बिभिन्न किसिमको आर्थिक सहितका सहयोगहहरु यस मिडिया नेपाललाई दिइनु पर्ने माग गर्दै अगामी बजेटमा मिडिया नेपाल नाममा पनि बजेट विनियोजन गर्न माग गरेको छ ।
ज्ञापन पत्रमा मिडिया नेपालले संचार मान्त्रालय तथा नेपाल सरकारका संचारसँग सम्बन्धित प्रत्येक बैठक, अन्तक्रिया तथा राजनैतिक नियुक्तिमा र सञ्चार सम्वन्धी आयोग गर्दा समेत आफ्नो पनि प्रतिनिधित्व सुनिचिश्चित गरिनु पर्ने माग गरेको छ । त्यसै गरी लोडसेडिङ, नाकावन्दी, अस्थिर राजनितिक अवस्थाले गर्दा सञ्चार प्रतिष्ठान र सञ्चारगृह आर्थिक रुपमा जरजर भईरहेको वर्तमान अवस्थामा सञ्चार गृहरुलाई पनि राहत पुग्ने गरी आगामी बजेटमा कार्यक्रमहरु ल्याउन पनि माा गगरेको छ ।
मिडिया नेपालका अध्यक्ष गोपाल प्रसाद पौडेलको नेतृत्वमा गएको प्रतिनिधिी मण्डलमा उपाध्यक्ष रेशम राज पौडेल, सचिव मुकुन्द ढुङगाना, कोषध्यक्ष टंक बहादुर बस्नेत, कार्य समिती सदस्य विकल श्रेष्ठ, राधिका जोशी , विरेन्द्र के एम. सर्मिला गुरुङ, कृष्ण खनाल,गणेश कुमार शर्मा निरब राज वाना, वरिष्ठ पत्रकार देवेन्द्र चुडाल लगायतको उपस्थिती रहेको थियो । DSC09995

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१