लायन्स क्लब अफ रौतहट मदनपुरले आगलागी पिडीतलाई राहत वितरण ।

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० बैशाख २०७३, बिहीबार १७:३२
अभिमनु पटेल / रौतहट ३० वैशाख । लायन्स क्लब अफ रौतहट मदनपुरले आज गा.वि.स दिपहीमा आगलागी पिढीतहरुलाई राहत वितरण गरेकाे छ ।
रौतहट जिल्ला गा.वि.स दिपहीमा चैत्र २८ गतेका दिन धेरै हावाहुरीले गर्दा १६ घर जलेर पुनरुपमा नष्ट भएको थियो ।आज आगलागी पिढीतहरु लाई लायन्स क्लब अफ रौतहट मदनपुरले १६ अौँ चामलको बाेरा र १६ अौटै त्रिपाल क्लबका लायन सुरेन्द्र प्र. पटेलले वितरण गरेका छन ।
साे कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरहरी बरालले आगाे कसैकाे होइन त्यसैले खाना पकाउने , जताततै सलाई लाईट र राखनुहाेला , आगाे बलने वेलामा राम्ररी सँग आगाे निभाउनु पर्छ ।एक जनाकाे गल्तीले कति जना लाई घर बिहीन बनाईदिन्छ त्यसैले समयमा आगाे बाल्नु र निभाउनु ।हामीले तपाईंहरूलाई विभिन्न संघ संस्थाको सहयाेग रनहत उपलब्ध गराउदै छु प्र.जि.अ. बरालले बताए ।
राहत वितरणमा सहायक प्रहरी उपरीक्षक नविण कृष्ण भण्डारी ,  गा.वि.स सचिव , गाउँ बासि लगायतकाे उपस्थितिमा राहत वितरण गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१