शौचालय पुरानो रकम नयाँ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ असार २०७१, शनिबार १३:३७

सम्राट सिंह

बझाङ १४ असार । जिल्ला हुलाक कार्यालय बझाङमा नयाँ शौचालय निर्माण गर्न रकम आएको भएपनि पुरानो शौचालय देखाइ नयाँ रकम हिनामिना गरेको रहस्य खुलेको छ । नयाँ शौचालय निमार्णका लागि ४ लाख साठी हजार रुपियाँ बजेट आएको भएपनि कार्यालय प्रमुख र केही कर्मचारीको मिलोमतोमा पुरानो शौचालयलाई मर्मत गरी नयाँ शौचालय भनी रकम हिनामिना गरेको हो । उक्त शौचालय निर्माणका लागि क्षेत्रीय हुलाक कार्यालय दिपायलले ४ लाख ६० हजार रकमको विनियोजन गरेको थियो । पुरानो शौचालयको पर्खालमा प्लाष्टर र रङ लगाएर रकम हिनामिना गरेको नाम नबताउने शर्तमा जिल्ला हुलाकका एक कर्मचारीले बताए । शौचालय निर्माणका लागि ४ लाख ६० हजार भएतापनि प्राविधिक मुल्याङकनको आधारमा रकम भुक्तानी लिने जिल्ला हुलाक कार्यालयका खरिदार शिवराज उपाध्यायले बताए ।

प्रतिक्रिया