भबिष्य बताउने, ग्रह दशा छुट्टाउने नेपाली ज्योतिषीय एप सार्वजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० बैशाख २०७३, बिहीबार १३:५१
काठमाडौं । इन्टरनेट र प्रविधिको सुविधाले अब आफ्नो भाग्यफल आफैं हेर्न र बुझ्न पाइने भएको छ । ज्योतिषाचार्य डा. सुनिल सिटौलाले आफ्नै प्रयासमा ‘जोखाना’ एप मार्फत यस्तो सेवा दिन लागेका हुन् । सुनील सर
प्राचिन हनुमान ज्योतिष सकुन प्रश्नावली एवम भृगु संहिताको आधारबाट जोखानाको फलादेश एपमा राखिएको छ । भावि वा भबिष्य बताउने, ग्रह दशा छुट्टाउन, आफ्नो राशि, नक्षत्र र बर्तमान चल्दा दशाहरु, महादशा, अन्तरदशा आफैंले हेर्न मिल्ने एप तयार पारिएको डा. सिटौलाले जानकारी दिए ।
यसमा आफ्नो जोखाना आफैं हेर्न सकिन्छ । यस्तै  बार्षीक, दैनिक, एवम मासिक राशिफल हेर्न सकिन्छ । यो चन्द्रमाको राशी भ्रमणको आधारबाट तयार पारिएको हो ।
एपमा रुद्रयामक तन्त्रमा बताइएको मुहुर्त राखिएको छ । जसमा हरेक दिनको शुभ अशुभ बेला हेर्न सकिन्छ । यस मुहुर्तलाई आधार मान्दा ज्योतिषका विषयहरु तिथी, नक्षत्र जुराइरहनु पर्दैन ।
द्रिक गणितमा आधारित ज्योतिष पंचाङ्ग, तिथी, नक्षत्र, योग, करण जुनसुकै मितिको पनि हेर्न सकिन्छ । आफ्नो भाग्य, भविष्य, ग्रहदशा, शुभ अशुभ सम्पूर्ण विषय प्रत्यक्ष ज्योतिषलाई सोध्न सकिने फिचर एपमा उपलब्ध छ ।
एपमा मिति रुपान्तरण, नेपालमा प्रचलित चाडपर्व, राशि–राशि बीचको सम्बन्ध, विभिन्न शुभ साइतहरु राखिएको छ । तत्कालका लागि यो एप एन्ड्रोइडमा मात्र उपलब्ध छ तर भविष्यमा आइओएसमा पनि उपलब्ध गराइने संचालक डा. सिटौलाले जानकारी दिए ।  यो एप यो लिंक बाट पनि डाउनलोड गर्न सकिन्छ  ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१