आइसीसीको अध्यक्षमा शशांक मनोहर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० बैशाख २०७३, बिहीबार १३:३८

shashankकाठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को पहिलो स्वतन्त्र अध्यक्षमा भारतका शशांक मनोहर निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन प्रक्रियाअनुसार आइसीसीका निर्देशकहरु प्रत्यकले एक उम्मेदवार मनोनित गर्न पाउछन् । सम्भावित उम्मेदवार आइसीसीको या बहालबाला अथवा पूर्व निर्देशक हुनुपर्ने व्यवस्था छ । आउँदो २३ मेमा उम्मेदवारहरुबीच चुनाव हुने कार्यक्रम थियो । तर, मनोहर पहिल्यै सर्वसम्मत भए ।

नोहरले दुई दिन अगाडि मात्रै भारतीय क्रिकेट बोर्डको अध्यक्षबाट राजीनामा दिएका थिए । कुनै देशको क्रिकेट बोर्ड प्रमुख आइसीसीको अध्यक्षमा उठ्न नपाउने भएकाले उनले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१