शरिर बनाउने आकर्षण बढ्दो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० बैशाख २०७३, बिहीबार ११:५४

helthकाठमाडौँ   । हरकोहीलाई आकर्षक शरीर बनाउने चाहना हुन्छ । त्यसैले राजधानीमा रहेका व्यायमशालातथाफिटनेश सेन्टरमाबिहान र बेलुकायुवा–युवतीहरूको भिड लाग्ने गर्छ । शरीरलाई आकर्षक देखाउन फिट्नेस सेन्टर धाउने युवाजमातको संख्या बढ्दो छ । केहीयुवायुवतीहरु फिट्नेस सेन्टर वा घरमै बसेर पनिनियमितव्यायाम गरेर आफ्नो शरीर सुगठित बनाउनखोजिरहेका हुन्छन् । तर धेरै युवायुवतीलाई सही परामर्श दिने फिट्नेस गुरुको भने अभाव देखिन्छ । यसै परिस्थितीलाई मध्यनजर राख्दै राजधानीको धुम्वाराहीमा ‘सीटी हेल्थ स्टुडियो’ संञ्चालनमाआएको छ । राजधानीकायुवायुवतीहरुलाई लक्षित गरी फिट्नेस गुरुसुवास कर्माचार्य र उद्धव मानन्धरले शनिबारदेखि ‘सीटी हेल्थ स्टडियो सञ्चालनमाल्याएकाहुन् ।
शरिरलाई ‘सिक्स प्याक’अनिपाखुरा ठूलो र पुष्ट बनाउने रहर झाँगिदो छ । कसैको सपनाचलचित्रकानायकझैं शरिर आकर्षक बनाउने छ त कतिलाई खेलाडी बन्ने ध्याउन्न छ । शरीरको वजन घटाउन पनिजीम रोज्नेहरु बढेका छन् । यसैका कारण आफुले जीम संञ्चालनमाल्याएको आचार्य बताउछन् ।तर शरीर बनाउने काम सजिलो भने नभएको उनको भनाई छ । ‘नियमितअभ्यास, अनुशासन र नआत्तिने बानीले सफलताहाँसिल हन्छ,’ कर्माचार्यभन्छन् ‘कम्तीमा ६ देखि ८ महिनाको निरन्तर अभ्यासपछि मात्र शरीरमा सामान्य परिवर्तन देखिन थाल्छ, त्यसैल धैर्यता चाहिन्छ ।’

पहिले–पहिले कडा शारीरक अभ्यासले मात्र शरीर राम्रो देखिने तर अहिले आधुनिकउपकरणको सुविधाका फिटनेश सेन्टरले अभ्यास सहजपारेको उनको भनाइ छ ।त्यसैले उनले सीटी हेल्थ स्टुडियोमा समेत विभिन्नअत्याधुनिकअभ्यासकाउपकरण राखेका छन् ।
चावहिलकीबिमलापौडेलेपनिशनिबारदेखि देखीअत्याधुनिकसीटी हेल्थक्ल्वजानथालेकी छन् । ‘पेट लाग्ननदिन र नयाँ कपडा सुहाउदो शरीरका लागिमनियमितजीमगर्न चाहेको हुँ,’विमला भन्छिन्, ‘सबै साथी सहित सिटी हेल्थक्ल्वमै ज्वाईन गरिसके ।’ युवाको स्वस्थ्य र आर्कषक शरीरको चाहना पछ्याउदै राजधानीमा सयौँजीमतथा फिटनेश सेन्टर खुलेका छन् । सबैमा हरेक दिनतीन सयभन्दामाथीयुवाले अभ्यास गर्ने गरेका सीटी हेल्थक्ल्वका संचालकमध्येका एकराजमानन्धर बताउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१