एसएसपी चन्द भ्रष्टाचारी ठहर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० बैशाख २०७३, बिहीबार ०७:१७

special_courtकाठमाडौँ । जग्गा खरिद गर्दा भ्रष्टाचार गरेक ठहर गरी तत्कालिन अञ्चल प्रहरी कार्यालय, बागमतीका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० प्रेमबहादुर चन्दलाई विशेष अदालतले ९ महिना कैद हुने फैसला सुनाएको खबर आजको नेपाल समाचार पत्रमा विकास भट्टराईले लेखेका छन्।
विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई तथा सदस्यहरू प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले एसएसपी चन्दलाई नौ महिना कैद हुने गरी फैसला सुनाएको सो अदालतका उपरजिस्ट्रिर लेखनाथ भट्टराईले बताए।
विशेष अदालतले खरिद गरिएका भनिएका जग्गाधनिहरू रामकुमार भालु, रामेश्वर कायस्थ र सुनिल राजवंशीलाई जनही ३ महिना कैद हुने ठहर गरेको छ।
जग्गा खरिद गर्दा भ्रष्टाचार भएको दाबी गरी अख्तियारले २०७० पुस ७ गते एसएसपी चन्दसहित ३ जना जग्गाधनीहरूलाई प्रतिवादी बनाइ विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१