सर्वसाधारणलाई तीन दरबार अवलोकन खुला

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ बैशाख २०७३, बुधबार ०८:२८

काठमाडौं । नेपाल ट्रस्टको कार्यालयले तीनवटा दरबार अवलोकन गर्न सर्वसाधारणलाई खुला गर्ने निर्णय गरेको छ ।

कार्यालयका सचिव भीमप्रसाद उपाध्यायले दिएको जानकारीअनुसार शुल्क लिई अवलोकन गर्न खुल्ला गरिएका दरबारमा रत्नमन्दिर दरबार पोखरा, दियालो बङ्गला दरबार चितवन र कान्ति ईश्वरीय दरबार हेटौंडा रहेका आजको गोरखापत्र दैनिकमा समाचार छ ।

गत वैशाख ८ गतेको निर्णयअनुसार रत्नमन्दिर दरबार अवलोकन गर्न विदेशी नागरिकलाई एक हजार, स्वदेशी नागरिकलाई १०० र विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई ५०, दियालो वङ्गला दरबार अवलोकन गर्न विदेशी नागरिकका लागि ५००, स्वदेशी नागरिकलाई ५० र विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई २५ रुपैयाँ निर्धारण गरिएको उनले जानकारी दिए ।

यसैगरी, कान्तिईश्वरीय दरबारका लागि विदेशी नागरिकका लागि१००, स्वदेशी नागरिकका लागि २५ र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लाइ १० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । सचिव उपाध्यायले निकट भविष्यमा अन्य दरबारको तयारी गरी खुल्ला गरिने जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१