आठ घण्टामा आठ विद्यालयम भवनको शिलान्यास र उद्घाटन
काठमाडौं २९ बैशाख । शिक्षामन्त्री गिरिराजमणि पोखरेल मंगलबार एकैदिन महोत्तरी र सर्लाहीमा ११ वटा औपचारिक कार्यक्रममा सहभागी भए ।
आठवटा विद्यालय भवनको शिलान्यास र उद्घाटनन मात्रै गरेको आजको नयाँ पत्रिका दैनिकले जनाएको छ ।
बिहान ६ बजेदेखि अपराहृन दुई बजेसम्ममा मन्त्री पोखरेलले महोत्तरीमा सात र सर्लाहीमा एउटा गरी आठवटा विद्यालय भवनको शिलान्यास र उद्घाटन गरेका हुन् ।
यसबीचमा उनले महोत्तरीका केही विद्यालय र मदरसाको अनुगमन(निरीक्षणसमेत गरेका थिए ।
प्रहरी स्कर्टिङमा हिँड्दा ढिलो हुने भएपछि मन्त्री पोखरेलको गाडी धेरै ठाउँमा स्कर्टिङ पछि पार्दै अघि बढेको थियो । उनी केही स्थानमा पाँच मिनेट पनि नबसी सिमेन्ट र बालुवामा इँटा जोडेर शिलान्यास गर्दै हिँडेका थिए ।
रामगोपालपुरस्थित महेन्द्र राष्ट्रिय उमाविमा प्राविधक तथा व्यावसायकि भवनको शिलान्यासपछि मन्त्री पोखरेल मञ्चमै नउक्ली हिड्न खोजे ।
मन्त्रीले समय नदिएको भन्दै केहीस्थानीय तथा पार्टी कार्यकर्ताले गुनासो गरेपछि गाडी चढिसकेका मन्त्रीले मञ्चमा उक्लेर दुई मिनेट सम्बोधन पनि गरे ।
प्रतिक्रिया