ठूलाको डरले शौचालय जाँदैनन् दलित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ बैशाख २०७३, बुधबार ०८:००

sauchalayaवीरगन्ज २९ वैशाख।‘बड्का भाइसाहब रिसाउँछन्, त्यसैले हामी त्यो चर्पीमा जान्नौं’ वीरगन्ज २५ मनियारीस्थित दलित बस्तीकी तपियादेवी मुसहरले भनिन्,‘बिहान बेलुका खेतमै शौच गर्छौं ।’ वीरगन्ज उपमहानगरपालिका २५ मनियारीकीको दलित बस्तीमा मुसहर र डोम जातिका करिब ४० घरधुरी छन् ।

आर्थिक रुपले विपन्न मुसहर र डोम जाति बस्ने दलित बस्तीका तीनवटा घरधुरीमा मात्र शौचालय छ । बाँकी घरधुरीको दलित शौच गर्न बिहान बेलुका खेतमा धाउने गर्छन् । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले दलित बस्तीमा सुविधा सम्पन्न सार्वजनिक शौचालय बनाइदिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१