यि तत्वले स्मरण शक्ति घटाउछन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ बैशाख २०७३, मंगलवार १२:३३
 g
राम्रासँग नसुत्नु-
करिव ६ देखि ७ घण्टा नियमित निदाउँदा शरीरलाई पूर्ण आराम मिल्छ । शरीरको रिपेयर र मेन्टिनेन्सका लागि निदाउनु जरुरी हुन्छ । निद्रा पुगेन भने पनि शरीरमा केही रसायनहरु सिर्जना हुन्छन् । 
 
धुम्रपानको प्रयोग-
सुर्तीमा निकोटिन लगायत अन्य धेरै तत्वहरु हुन्छन् । यसको प्रयोगले रक्त संचारमा बाधा पु¥याउछ र शरीर तथा दिमागमा चाहिने मात्रामा रक्तसंचार हुन पाउँदैन । जसले स्मरणशक्तिलाई समेत प्रभावित पार्छ ।
बढी टेलिभिजन हेर्दा-
दिनको २,३ घण्टा भन्दा बढी टेलिभिजन हेर्नु पनि दिमागका लागि हानिकारक मान्छि । किनभने टेलिभिजन अत्याधिक हेर्दा सम्पूर्ण स्वास्थ्यलाई पार्ने नकरात्मक असर दिमागसम्म पुग्छन् ।
पानी कम पिउनाले-
हाम्रो शरीरमा करिव ७० प्रतिशत पानीको मात्रा छ । मस्तिष्कमा त पानीको प्रतिशत करिब ८० प्रतिशत छ । दिनमा करिब तीन लिटर पानी शरीरको लागि आवश्यक पर्छ । शरीरमा पानीको मात्रा कम हुँदा दिमागको काममा समेत बाधा पुग्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१