‘सञ्चार नीतिले समावेशीतालाई प्राथमिकतामा राखेको छ’ अध्यक्ष दाहाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ बैशाख २०७३, मंगलवार १२:२०

काठमाडौं। सूचना तथा सञ्चार नीति सम्बन्धी उच्चस्तरीय समितिका अध्यक्ष डा काशीराज दाहालले आउँदो जेठ ५ पछि सञ्चार नीतिको मस्यौदा सार्वजनिक गरिने उल्लेख गर्दै अब बन्ने सञ्चार नीति पूर्ण समावेशी हुने बताएको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबूका तर्फबाट अध्यक्ष श्रीकृष्ण महर्जनले बुझाएको सुझावपत्र बुझ्दै उनले सो कुरा बताएकोे हो । सो अवसरमा अध्यक्ष दाहाल अब बन्ने सञ्चार नीतिमा समावेशी, मातृभाषाको पत्रकारिताको विकास र सञ्चार सम्बन्धी विभिन्न संयन्त्रमा विभिन्न समुदायको न्यायोचित प्रतिनिधित्व हुनुपर्नेलाई नीतिगत रुपमा सम्बोधन गर्ने बताए । समितिले आउँदो जेठ ५ गते बृहत अन्र्तक्रिया कार्यक्रम गरे लगतै प्रारम्भिक मस्यौदा तयार गर्ने तर्फ काम अघि बढ्ने पनि उहाँले जानकारी दिए ।
नेवाः पत्रकार राष्ट्रिय दबूले बुझाएको ज्ञापनपत्रमा ठूला सञ्चारमाध्यमले बहुभाषिक नीति अनुरुप सामग्री प्रकाशन र प्रसारण गर्नुपर्ने र त्यसलाई राज्यले प्रोत्साहन दिनुपर्ने, मातृभाषाको पत्रकारिताको विकासका लागि राज्यले उचित सहुलियत र अनुदान दिनुपर्ने, सञ्चार सम्बन्धी निकायमा नियुक्ती प्रक्रिया समावेशी हुनुपर्ने लगायत २२ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१